दाउराबाटै शव जलाउन मिल्ने गरी पशुपतिनाथ मन्दिरमा जडान गरियो यस्तो मेसिन



काठमाडौं १७ मंसिर । पशुपतिनाथ मन्दिर परिसरमा हिन्दु परम्परा अनुसार दाउराबाटै नै जलाउन मिल्ने गरी मेसिन जडान गरिएको छ ।

पशुपति क्षेत्र विकास कोष अन्तर्गत एभरेष्ट बैंक लिमिटेडले जडान गरेको उक्त आधुनिक शवदाह मेसिनको अनावरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गरेका हुन् । पशुपति विकाश कोषका अनुसार यसबाट शव जलाउँदा हिन्दु संस्कार पनि जीवित रहने , काठको खपत पनि कम हुने, डेढ घण्टामै शव जलाइ सक्ने भएकाले यो मेसिन जडान गरिएको हो ।

यसअघि जडान गरिएको विधुतिय शवदाह मेसिनमा कोरोनाबाट मृत्यु भएका व्यक्तिहरुको शव जलाउन प्रयोग हुँदै आइरहेको छ ।

Comment
error: Content is protected !!