अर्को हप्तादेखि नै कोरोनाको भ्याक्सिन लगाउन सुरु गरिने



काठमाडौं । संसारलाइ अहिले एउटै कुरामा चासो छ । कहिले आउला कोरोनाको भ्याक्सिन भन्ने । यही कौतुहलाताकाबिच बेलायतले फाइजर र बायोटेकले उत्पादन गरेको कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगका लागि अनुमोदन गरेको छ । बेलायतले सबै जनताका लागि खोप प्रयोगको अनुमोदन गरेको डेलीमेलले लेखेको छ ।

यो खोप ९५ प्रतिशतसम्म सुरक्षित रहेको समाचारमा उल्लेख गरिउको छ । आगामी हप्तादेखि नै उच्च प्राथमिकतामा परेका व्यक्तिहरूलाई लगाउन सुरु गरिने यो खोपले मानिसहरुमा आशा पलाएको छ ।

कम्पनीले जोखिममा परेका संक्रमितका लागि शुरुमा १ करोड खोप उपलब्ध गराउने र केही दिनमा थप डोज दिने तयारीका साथ काम गरिरहेको बताइएको छ ।

खोप विकास भए पनि विश्वभर पुग्न समय लाग्ने भएकाले विशेषज्ञहरूले कोरोनाबाट भने जोगिएर यात्रा गर्न र जिन्दगीलाई सुचारु गर्न आग्रह गरेका छन् । यो खोपको प्रयोगसँगै मानिसहरू रोगसँग लड्न सक्ने दाबी गरिएको छ । यो खोपलाई माइनस ७० डिग्री तापक्रममा भण्डारण गरेर राख्नुपर्ने बिबिसीले दाबी गरेको छ ।

Comment
error: Content is protected !!