कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरीको नियन्त्रणा



काठमाडौं १७ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको व्यास नगरपालिका – १ स्थित तालघरे र दुम्सी जोड्ने पुलको उद्घाटन गर्न लाग्दा नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेकपा सरकारको समयमा निमार्ण भएको पुलको उद्घाटन सरकारी तहबाट हुनुपर्छ भन्दै नेकपाका नेता कार्यकर्ताले जिल्ला प्रशासन कार्यालमा पुलको उद्घाटन रोक्न उजुरी थिएका थिए । तर कांग्रेसका नेता कार्यकर्ताले उद्घाटन रोक्न नमानेपछि स्थिति तनाव ग्रस्त भएको हो ।

पौडेलसहित केही नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय तनहुँमा राखेको छ । नेता पौंडेललाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा स्थिति तनाव ग्रस्त भएपछि उक्त क्षेत्रलाई निषेधाज्ञा जारी गरिएको छ । स्थितिलाई सामान्य बनाउँन प्रहरीले निषेधाज्ञा तोड्न खोज्नेलाई लाठीचार्ज र अश्रु ग्याँसको समेत प्रयोग गरेको छ ।

Comment
error: Content is protected !!