प्रम ओलीको कारण भोली बस्ने भनिएको नेकपाको स्थायी कमिटी बैंठक सर्यो



काठमाडौं १७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भोली मंसिर १८ गते बस्ने भनिएको स्थायी कमिटीको बैंठक २१ गते बस्ने भएको छ ।

आज बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि यसको प्रभाव स्थायी कमिटिको बैंठकलाई परेको हो । प्रम ओली नआएपछि २० मिनेट मात्र बैंठक बसेर मंसिर २० गते अर्को सचिवालय बैंठक बस्ने निणर्य सहित बैंठक सम्पन्न भएको थियो ।

अब बस्ने बैंठकमा प्रम ओलीको उपस्थिति अनिवार्य भएकाले उनलाई तिन दिनको समय सहित बैंठक २० गते बस्ने भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

Comment
error: Content is protected !!