प्रचण्ड पक्षले सुरु गर्यो, प्रम ओलीको काउनडाउन !



काठमाडौं १७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय बिच अब वारपारको लडाई हुने भएको छ ।

आजको बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एंव पार्टीका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि पार्टीको कार्यकारी अधिकार पाएका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले प्रम ओलीलाई तिन दिनको अल्टिमेटम दिएका हुन् ।  अब मंसिर २० गते बस्ने सचिवालय बैंठकमा पनि प्रम ओली नआए पार्टीको कमिटिबाटै प्रम ओलीलाई कारवाही समेत गर्ने तयारी भएको बुझिएको छ ।

प्रम ओलीकै कारण भोली बस्ने भनिएको स्थायी कमिटिको बैठक पनि मंसिर २१ गते सरेको छ । प्रचण्ड लगायत वरिष्ठ नेताद्धय माधब कुमार नेपाल , झलनाथ खनाल , बामदेव गौतम र नारायणकाजी श्रेष्ठको बहुमतको सदस्यहरुले अबको बैठकमा पनि प्रम ओली नआए सरकारबाट फिर्ता बोलाउने सम्मको निणर्य गर्ने विशेष स्रोतले जानकारी दिएको छ ।

हिजो बसेको बैंठमा अध्यक्षद्धयको छुट्टा छुट्टै प्रतिवेदन माथि छलफल गरिने भनिए पनि आज प्रम ओली बैठकमा नआएपछि प्रचण्ड पक्षले तिन दिनको समय दिएको छ ।

Comment
error: Content is protected !!