पौडेललाई पक्राउ गरेर सरकारले आफ्नो चरित्रलाई उदाङ्गो बनाएको नेता थापाको टिप्पणी



काठमाडौं १७ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रण लिनुमा राजनीतिक प्रतिशोध भएको बताएका छन् ।

नेता थापाले आज तनहँुबाट पक्राउ परेका पौडेललाई पक्राउ गरेर सरकारले आफ्नो चरित्रलाई उदाङगो बनाएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत थापाले यो कार्यले सरकारलाई निकै महँगो पर्ने चेतवनी समेत दिएका छन् ।

नेता थापाको ट्वीट  :नेका वरिष्ठ नेता @NcPaudel को गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन,होइन।यो नियोजित हो,राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो।यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ। @PM_Nepalयो तपाईँका लागि निकै महँगो पर्नेछ।

Comment
error: Content is protected !!