ललितपुरको किष्ट अस्पतालका यि डाक्टरले प्रेममा धोका पाएपछि देह त्या’गको प्रयास गरे



काठमाडौ । भनिन्छ माया प्रेममा धोका भयो भने मानिसले जे पनि गर्न सक्छ । चाहे त्यो चिकित्सक होस् वा बैज्ञानिक नै किन नहोस् । ललितपुरमा पनि यस्तै दृश्य देखिएको छ । आँफुले मन पराएको युवतीको अन्तै विवाह भएपछि किष्ट अस्पतालका डाक्टरले आफ्नो अन्त्यको कल्पना गरे ।

ति चिकित्सकले एउटै अस्पतालमा काम गर्ने युवतीलाई एक तर्फी प्रेम गरेका थिए । ति युवतीको अन्तै विवाह भएको थाहा पाएपछि देह त्यागको कोशिष गरेको अनुसन्धानमा खटिएको प्रहरीले जनाएको छ । घटना मंगलबार रातिको हो । महालक्ष्मी नगरपालिका९१ इमाडोल नयाँबस्तीमा डेरागरी बस्ने २९ वर्षीय एमडी गर्ने तयारी गरिरहेका डाक्टरले देह त्यागको प्रयास गरेका हुन् ।

उनले नोट लेखेर साथीहरुको भाइबर ग्रुपमा राखेपछि प्रहरीलाई खबर गरिएको थियो । राती करिब ११ वजे उनले नोट लेखेर साथीहरुको भाइबर ग्रुप च्याटमा हालेपछि स्वयम्भू बस्ने उनका साथीले देखेर प्रहरीको हेल्पलाइन नम्बर १०० मा फोन गरी खबर गरे लगत्तै प्रहरी १५ मिनेटमा नै उनी भएको स्थानमा पुगेर उनको उद्धार गरेको बताइएको छ ।

Comment
error: Content is protected !!