धेरैपछि पुजा शर्मा मिडियामा, आकाशलाई छोडेर अर्को नेवार हिरोसँग जोडी बाँधिन्



अभिनेत्री पुजा शर्मा यतिबेला चलचित्रबाट फुर्सदमा छिन् । वास्तवमा उनी मात्रै हैन चलचित्रमा व्यस्त धेरै कलाकार तथा प्राविधिकहरु यतिबेला फुर्सदमा छन् र अन्य बिकल्पहरु खोजिरहेका छन् । म्युजिक भिडियो, सर्ट फिल्म निर्माण गरेरै भएपनि कोरोना कहरको यो समयलाई फलदायी बनाउन उनीहरु लागि परेका छन् । यस्तैमा पुजालाई लकडाउन पछि केहि म्युजिक भिडियोहरुमा देखियो ।

आफ्नो आगामी चलचित्र म यस्तो गीत गाउँछु २ को रिलिज तयारी मै रहँदा पुजाको टिम कोरोनाको कारण पछि हट्नु पर्यो । यसैबिच पुजाको नयाँ म्युजिक भिडियो युट्युबमा आएको छ । डार्लिँग तिमी बाला बोलको उक्त गीतमा पुजाले एक नेवारी युवतीको भुमिका निभाएकी छिन् । यहि गीतको प्रोमोशनको क्रममा गरिएको कुाकानीमा उनी दर्शकले रुचाएको जोडी आकाश श्रेष्ठसँग नभै अर्कै नेवार नायकसँग देखा परिन् । उनले कुराकानीमा यस्ता रमाईला अनुभवहरु साटिन् । भिडियो हेर्नुहोस

यो पनि पढ्नुहोस्

‘क्याप्टेन’ र ‘कबड्डी–३’ पछि ‘डिसेम्बर फल्स’ मा उपासना

काठमाडौं,१७ मंसिर । निर्माणाधिन फिल्म ‘डिसेम्बर फल्स’ को हिरोइनमा उपासना सिंह ठकुरी अनुबन्धित भएकी छिन् । केही समयअघि एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको फिल्ममा आर्यन सिग्देल मुख्य भूमिकामा छन् । त्यतिबेला निर्माण पक्षले स्क्रिप्टको मागअनुसारको हिरोइनको खोजी जारी रहेको बताएको थियो । अन्ततः मंगलबार ‘डिसेम्बर फल्स’ मा उपासना भित्रिएकी हुन् ।

भुवन केसीको ‘क्याप्टेन’ फिल्मबाट डेब्यु गरेकी उपासनाले त्यसपछि रामबाबु गुरुङ निर्देशीत ‘कबड्डी कबड्डी कबड्डी’ मा अभिनय गरेकी थिइन् । अभिनीत दुवै फिल्मबाट उपासनाले तारिफ पाइन । उपासनालाई पछिल्लो समय आधा दर्जन बढी फिल्मको अफर गएको थियो ।

जसमध्ये उनलाई स्क्रिप्ट र टिम मन परेकाले ‘डिसेम्बर फल्स’ साइन गरेको बताइएको छ ।
रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मलाई भारतीय फिल्म उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्दैछन् । लक्ष्मण रिजाल कार्यकारी र राजकुमार भट्ट निर्माता रहेको फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा,सलोन बस्नेत,नागेन्द्र रिजाल,चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल,संचारकर्मी नरेश भट्टराईलगायतले अभिनय गर्ने पक्का भइसकेको छ भने केही कलाकारको छनौट कार्य अझै जारी छ ।

भारतीय फिल्म उद्योगमा ब्यस्त रहेका छायांकार रबि नायडुले खिच्ने फिल्मको कथा बिपीका खनालले लेखेकी हुन् भने पटकथा र सम्वाद केदार भुसालको हो । दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहेको फिल्मको सुटिङ प्रस्तुतकर्ता रामप्रसादको जन्मदिन पारेर माघ ४ गतेदेखि सुरु गर्ने योजना निर्माण पक्षको छ । ०७८साउन १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म काठमाडौ र पोखरामा खिचीने छ ।

Comment
error: Content is protected !!