प्रचण्डलाई भेट्न बाक्लियो ओली निकटका नेताहरुको जमघट



काठमाडौं १९ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद बढ्दै जाँदा यति बेला अन्य नेताहरु भने दुई अध्यक्षद्धयलाई मनाउन लागि परेका छन् ।

आज शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली निकटका उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् । मन्त्री पोखरेल प्रम ओलीको सन्देश लिएर खुमलटार पुगेको बालुवाटार स्रोतले जानकारी दिएको छ । केहीबेरको छलफलपछि मन्त्री पोखरेल खुमलटारबाट बाहिएका छन् । के विषयमा छलफल भएको भन्ने बारे आधाकारीक सुचना नआएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् ।

दोस्रो तहका नेताहरु यति बेला भोली मंसिर २० गते बस्ने नेकपाको सचिवालय बैंठक अगाडी अध्यक्षद्धयबिच सहमति गराउन लागि परेका छन् । हिजो ओली निकटका स्थायी समिति सदस्य सुवास नेम्वाङले पनि प्रचण्डसँग भेट गरेका थिए ।

Comment
error: Content is protected !!