प्रचण्डको सन्देश लिएर पोखरेल पुगे शितलनिवास



काठमाडौं, १९ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैंठक भोली बस्दै छ । बैंठक भन्दा अगाडी अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच समझदारी गराउन दोस्रो तहका नेताहरु लागि परेका छन् ।

आज बिहान प्रम ओलीको सन्देश लिएर उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । केही बेरको छलफल पछि मन्त्री पोखरेल राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् । अध्यक्षद्धयको विवाद मिलाउ हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यक्षसँग छुट्टा -छुट्टै भेट गरेकी थिइन् । तथापी दुई अध्यक्षबिच सहमति भने जुटाउन नसकिएको बुझिएको छ । आज मन्त्री पोखरेल पनि प्रचण्डको सन्देश लिएर राष्ट्रपति कार्यालय पुगेका छन् । अध्यक्षद्धयलाई एकै ठाउँमा राखेर विवाद मिलाउने कार्य भइहरेको बुझिएको छ ।

नेकपाको अध्यक्षद्धयको विवाद मिलाउन यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएकी छिन् ।

Comment
error: Content is protected !!