नेता रावलको प्रश्न : स्वागत गर्न र छोड्न मन्त्री जाने वार्ता चाँही सेना प्रमुखसँग यो कस्तो कुटनीति हो ?



काठमाडौं १९ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद तथा स्थायी कमिटीका सदस्य डा. भीम रावलले चिनियाँ रक्षामन्त्री वेई फेङहेको नेपाल भ्रमणको विषयलाई लिएर प्रश्न उठाएका छन् ।

आज शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैंठकमा नेता रावलले चिनियाँ रक्षामन्त्री वेई फेङहेको प्रतिनिधिमण्डल स्तरको वार्तामा किन सेना प्रमुखसँग वार्ता भएको भनी प्रश्न उठाएका हुन् । स्वागत गर्न र छोड्न मन्त्री जाने भेट तथा वार्ता चाँही सेना प्रमुखसँग गर्ने यो कस्तो कुटनीति हो ? भन्दै नेता रावलले कस्तो कुटनीतिको सुरुवात गर्न खोजेको हो आफुले नबुझेको पनि बताए ।

एउटा मन्त्रीको वार्ता प्रधानसेनापतिसँग भएको आफुले पहिलो पटक सुनेको नेता रावलले बैंठकमा भने ।

Comment
error: Content is protected !!