कांग्रेसको पदाधिकारी बैंठक सुरु



काठमाडौं, १९ मंसिर । प्रमुख प्रतीपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।

सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा शुरु भएको बैंठकमा सरकारको कार्यशैली प्रति विषयमा छलफल हुने बुझिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेपछि आक्रोशित भएका कांग्रेसका नेता कार्यकर्ताहरु आन्दोलन गर्ने सम्म तयारीमा रहेका छन् ।

प्रम ओलीसँग नजिकिदा आलोेचित भइरहेका सभापति देउवा यति बेला दबाबमा परेका छन् । देश व्यापी आन्दोलन गरी अधिनायवादी शासन गर्ने प्रम ओलीलाई पाठ सिकाउने तयारी भइहेको पनि बुझिएको छ ।

Comment
error: Content is protected !!