५०० बढी कोरोना सङ्क्रमित भएका नेपालका यी ६ जिल्ला



काठमाडौँ – आजसम्म देशभरका ७७ जिल्लामध्ये छ जिल्लामा सङ्क्रमित ५०० बढी छन् भने मनाङ र डोल्पामा शून्य रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लाहरुमा झापा, मोरङ, ललितपुर, काठमाडौँ, भक्तपुर, र कास्की रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोभिडका कारण थप १६ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ५६७ पुगेको छ । जम्मा सङ्क्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव सात प्रतिशत हो । यो सङ्ख्या प्रति १० लाख पोजेटिभमा ५३ दशमलव सात हो । (रासस)

Comment
error: Content is protected !!