फोक्सोमा पानी जमेका १० वर्षीय पवन कार्की लाई सहयोग लिएर समाजसेवी योगमाया पुगिन्, थप सहयोगको लागि अपिल



पाँचथर जिल्ला फिदिम नगरपालिका वडा नं. १ साब्राङ निवासी धन बहादुर कार्की र दुर्गा माया वुडाथोकी का छोरा वर्ष १० का पवन कार्की विगत २०७६ फाल्गुण महिना देखि फोक्सोमा पानी जमी उपचारको क्रममा रहेका छन्। उपचारको क्रममा उहाहरुको पारिवारीक अवस्था एक दम नाजुक भएको कारणले गर्दा उहाहरुलाई एक दम गाह्रो भएको र यसै परिस्थितिलाई मध्य नजर गर्दै फिदिम निवासी योगमाया भट्टराई ले फेसवुक मार्फत मिडियामा सार्वजनिक गर्नु भएको थियो।

उहाहरुको भिडियो सार्वजनिक गरेसंगै मानव सेवा समाज अस्ट्रेलिया का सस्थापक तथा अस्ट्रेलिया वसेर टिकटकको माध्यमवाट सामाजिक कार्य गर्दे आईरहनुभएका के.पी. सेढाइ ज्यूले उहाको ४ औ इपिसोड मार्फत रु ५०००।– फिदिम निवासी फोक्सोमा पानी जमेका पवन कार्कीलाई केहि सहयोग मिलोस भनि सहयोग गर्नुभएको छ । उक्त सहयोग रकम फिदिम निवासी समाजसेवी योग माया भट्टराई द्वारा हस्ताचरण गरिएको थियो। पवनको आमा ले सहयोग गर्नु भएकोमा सम्पूर्णमा धन्यवाद दिदै थप सहयोग को लागि अपिल गर्नु भएको थियो ।

Comment
error: Content is protected !!