श्रीकृष्णको फोटो बेडरुममा राख्ने सर्त विजयन्द्रले स्विकारेपछि विबाहका लागि राजी भएकी थिइन् नायिका श्वेता खड्का
काठमाडौं । नायिका श्वेता खड्का पछिल्लो १ हप्तादेखि विबाहका कारण थप चर्चामा छिन् । कहाँ भेटिएला, कोहिनुर, कान्छी, लगायतका फिल्ममा अभिनय गरेरकी सामाजिक अभियन्ता समेत रहेकी नायिका श्वेताले प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गर्ने निर्णय गरेपनि उनले प्रेमी समेत रहेका विजयन्द्रलाई बेडरुममा श्रीकृष्णको फोटो राख्ने सर्त भने राखेको बताएकी छिन् ।
केही वर्षअघि दोस्रो विबाहका बारेमा इन्कार गर्दै आएकी श्वेताले पछिल्ला दिनमा ‘जसले मेरो बेड रूममा श्री हजुरको फोटो राख्न दिन्छ अनि म त्यो मान्छेसंग विवाहको बारेमा सोच्छु भन्दै आएकी थिइन् ।
सोही शर्त विजयन्द्रले स्विकार गरेपछि उनीहरुको विवाह यही मंसिर २२ गते हुने भएको छ । श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले अस्विकार गर्दै आएकी थिइन् । श्वेताले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् ।
विवाह गरेको एक महिना नपुग्दै श्रीकृष्णको उपचारका क्रममा भारतमा निधन भएको थियो । पछिल्ला दिनमा श्वेता चलचित्र निर्माण र ब्यबसायमा पनि सक्रिय रहँदै आएकी छिन् ।
श्वेता र श्रीकृष्णले अभिनय गरेको अन्तिम फिल्म कोहिनुर हेर्नुहोस्
यो पनि पढ्नुहोस्
श्रीकृष्णको मृत्यु भएको ६ वर्षमा कसरी पुगीन् श्वेता बिहेको निर्णयमा रु हेर्नुहोस् भिडियो
अन्तत अभिनेत्री श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गर्ने पक्का भएको छ । उनीहरुको यही मंसिर २२ गते विवाह को साइत जुरेको छ । श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले आधिकारिक रुपमा भने यस कुरालाई स्वीकार गरेकी थिइनन । केहि समय अघी सम्म पनि उनले प्रेमको कुरालाई इन्कार गरेकी थिइन र भनेकी थिइन जसले मेरो बेड रूममा श्री हजुरको फोटो राख्न दिन्छ म अनि यो बिषय मा सोच्छु ।
अहिले उनीहरुको विवाहको कार्ड नै बाहिरिए विवाह हुने सार्वजनिक भएको हो। विवाहको कार्डको अनुसार स्वेताको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ । नायिका खड्काले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । उनले नायक श्री कृष्ण सँग मिलेर चलचित्र निर्माण गरेकी थिइन । श्वेता अहिले चलचित्र क्षेत्रसँगै व्यापारमा सक्रिय छिन् । भिडियो हेर्नुहोस