रमेशको विवाह नन्दासँग पक्का भएपछी इन्द्रेणीमा रमेश र कल्पना आमने-सामने, हेर्नुहोस् यो भाइरल भिडियो
रमेश प्रसाईं र लोकगायिका कल्पना दाहालको अहिले ब्यापक चर्चामा छन् । उनीहरुले इन्द्रणीमा पहिलो पटक गाएको दोहोरीले तहल्का मात्रै पिटेन, बजारमा उनीहरुको निकटतालाई लिएर नानाथरि अनुमानहरु लगाईए तर रमेश ले सबै दर्शक र शुभ चिन्तक लाई सरप्राइज दिए अचानक नन्दा सिंहसँग विवाह गर्न लागेको खबर दिएर ।
तत पस्चात रमेश र कल्पनाबीच इन्द्रेणीमा भएको दोस्रो दोहोरी घम्सा घम्सी पनि सार्वजनिक भएको छ । लोकदोहोरी प्रेमी र रमेश-कल्पनाका फ्यानहरुका लागि यो एउटा मज्जाको खबर हो । उनीहरु दुवैले उही शैलीमा एक-अर्काको प्रशंसामा शब्द खर्चेका छन् र मायापिरतीको कुरा गरेका छन् । भिडियो हेर्नुहोस
यो पनि पढ्नुहोस्
अनमोल केसी र उपासनाका मुख्य अभिनय रहेको चलचित्र ‘क्याप्टेन’युट्युबमा सार्वजनिक, हेर्नुहोस् पूरा फिल्म
अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’यु ट्युबमा सार्वजनिक गरिएको छ । चलचित्र ‘क्याप्टेन’लाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । चलचित्र ओएसआर डिजिटलको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
अभिनेता अनमोल केसीलाई पछिल्लो समय नेपाली चलचित्रमा लगानी उठाउने कलाकारको रुपमा हेर्ने गरिन्छ । सुपर काजल फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रलाई सदावहार अभिनेता भुवन केसीले निर्माण गरेका हुन् भने चलचित्रको कार्यकारी निर्माता जिया केसी हुन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ । चलचित्रमा अनमोल केसी, उपासना सिंह ठकुरी र प्रियंका एमभी, प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
चलचित्रमा सामिप्यराज तिमिल्सेनाको कथा, निर्देशक दीवाकर भट्टराईको पटकथा तथा संवाद, कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, सुदिप बरालको डिओपी, दिर्घ राज खड्काको सम्पादन रहेको छ ।
यो पनि पढ्नुहोस्
श्रीकृष्णको फोटो बेडरुममा राख्ने सर्त विजयन्द्रले स्विकारेपछि विबाहका लागि राजी भएकी थिइन् नायिका श्वेता खड्का
काठमाडौं । नायिका श्वेता खड्का पछिल्लो १ हप्तादेखि विबाहका कारण थप चर्चामा छिन् । कहाँ भेटिएला, कोहिनुर, कान्छी, लगायतका फिल्ममा अभिनय गरेरकी सामाजिक अभियन्ता समेत रहेकी नायिका श्वेताले प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गर्ने निर्णय गरेपनि उनले प्रेमी समेत रहेका विजयन्द्रलाई बेडरुममा श्रीकृष्णको फोटो राख्ने सर्त भने राखेको बताएकी छिन् ।
केही वर्षअघि दोस्रो विबाहका बारेमा इन्कार गर्दै आएकी श्वेताले पछिल्ला दिनमा ‘जसले मेरो बेड रूममा श्री हजुरको फोटो राख्न दिन्छ अनि म त्यो मान्छेसंग विवाहको बारेमा सोच्छु भन्दै आएकी थिइन् ।
सोही शर्त विजयन्द्रले स्विकार गरेपछि उनीहरुको विवाह यही मंसिर २२ गते हुने भएको छ । श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले अस्विकार गर्दै आएकी थिइन् । श्वेताले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् ।
विवाह गरेको एक महिना नपुग्दै श्रीकृष्णको उपचारका क्रममा भारतमा निधन भएको थियो । पछिल्ला दिनमा श्वेता चलचित्र निर्माण र ब्यबसायमा पनि सक्रिय रहँदै आएकी छिन् ।
श्वेता र श्रीकृष्णले अभिनय गरेको अन्तिम फिल्म कोहिनुर हेर्नुहोस्
यो पनि पढ्नुहोस्
श्रीकृष्णको मृत्यु भएको ६ वर्षमा कसरी पुगीन् श्वेता बिहेको निर्णयमा रु हेर्नुहोस् भिडियो
अन्तत अभिनेत्री श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गर्ने पक्का भएको छ । उनीहरुको यही मंसिर २२ गते विवाह को साइत जुरेको छ । श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले आधिकारिक रुपमा भने यस कुरालाई स्वीकार गरेकी थिइनन । केहि समय अघी सम्म पनि उनले प्रेमको कुरालाई इन्कार गरेकी थिइन र भनेकी थिइन जसले मेरो बेड रूममा श्री हजुरको फोटो राख्न दिन्छ म अनि यो बिषय मा सोच्छु ।
अहिले उनीहरुको विवाहको कार्ड नै बाहिरिए विवाह हुने सार्वजनिक भएको हो। विवाहको कार्डको अनुसार स्वेताको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ । नायिका खड्काले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । उनले नायक श्री कृष्ण सँग मिलेर चलचित्र निर्माण गरेकी थिइन । श्वेता अहिले चलचित्र क्षेत्रसँगै व्यापारमा सक्रिय छिन् । भिडियो हेर्नुहोस