आज पनि बढ्यो सुनको मूल्य



काठमाडौ । नेपाली बजारमा बुधबार सुनको मुल्य बढेको छ ।

मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज एक सय रुपैयाँले बढेर तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी आज तेजावी सुन तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको जनाइएको छ । त्यस्तै मंगलबार तोलामा १२५० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज १२६० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।

Comment
error: Content is protected !!