समाजवाद तिर जान पार्टी एकता गरेका थियौं तर ओलीले गणतन्त्र र संविधान नै मास्ने काम गरे : प्रचण्ड



काठमाडौं २९ पौष । नेकपाको प्रचण्ड नेपाल समुहका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले ७० वर्ष भन्दा बढी समय लगाएर प्राप्त भएको संघीय लोकतन्त्र धरापमा परेको बताएका छन् ।

आज बुधबार काठमाडौंमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो प्रतिक्रिया जनाएका हुन् । कार्यकर्ता भेलामा अध्यक्ष प्रचण्डले भने , ‘हामी उखान टुक्काले हसाएर कमेडी सो देखाउन जुटेका होइनौं ।मान्छेहरुलाई उद्वेलित बनाउन उपस्थित भएका होइनौं । हाम्रा आँखा अगाडि यति ठूलो परिवर्तनमाथि प्रहार भएको छ । हामीले स्थापित गरेका परिवर्तनका मुद्दा एम्बुसमा परेपछि हामी एकजुट भएका हौं ।’

समाजवाद तिर जान पार्टी एकता गरेको थियौं तर प्रधानमन्त्री केपी ओलीले संविधान र गणतन्त्र नै मास्ने काम गरे ।

यसको रक्षा गर्नु आफ्नो जिम्मेवारी भएको भन्दै प्रचण्डले भने ‘हामीले संघर्ष गरेर ल्याएको संविधान धरापमा छ । गणतन्त्रमाथि आक्रमण भएपछि रक्षा गर्नुपर्ने ठाउँमा हामी उभिएका छौं ।’

सोच विचार गरेर एकता गरेको भए पनि वर्तमान समय यो धरापमा परेको पनि कार्यक्रममा प्रचण्डले स्पष्ट पारेका छन् । ।

Comment
error: Content is protected !!