अदालतले न्याय नदिए न्यायाधिशको बाटो छेकेर ओलीले गरेको विघटन संविधानको कुन धारामा छ भनेर प्रश्न गरिने : अनेरास्ववियुको चेतानवी



काठमाडौं २९ पौष । नेकपाका प्रचण्ड नेपाल समुहका विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाइृ नेपालको संविधान पढ्न आग्रह गरेका छन् ।

आज प्रचण्ड नेपाल समुहका विद्यार्थी संगठन अनेरास्ववियुले ओलीले गरेको असंवैधानिक कार्य प्रति आलोचना गर्दै ओलीलाई संविधान पढ्न सुझाएका हुन् ।

अनेरास्ववियूका सह– संयोजक रञ्जित तामाङले ओलीले आफ्नो पद र कुर्सी जोगाउनको लागि संविधानको चिरहरण गरेको आरोप लगाएका छन् ।

यदि अदालतले ओलीको यो असंवैधानिक र अलोकतान्त्रिक कदमलाई साथ दियो भने विद्यार्थीले न्यायाधिशहरुको बाटो छेकेर ओलीले चालेको कदम संविधानको कुन धारामा र कुन भागमा छ भनेर प्रशन गर्छन् भन्दै तामाङले अदालतलाई समेत चेतावनी दिएका छन् ।

प्रचण्ड नेपाल समुहको विद्यार्थी संगठन अनेरास्ववियुले निरन्तर गर्दै आएको विरोध प्रदर्शनमा आज उनीहरुले ओलीलाई संविधान पढ्न सुझाएका हुन् ।

संविधानको मर्म विपरित कार्य गरेको आरोप लागेका ओली भने उखान टुक्क दिन नै व्यस्त रहेका छन् । आज नै प्रचण्ड नोपल समूहको जिल्ला स्तरिय भेला काठमाडौंमा सुरु भइरहेको छ ।

Comment
error: Content is protected !!