प्रचण्डले प्रधानमन्त्री ओलीलाई भने ‘जी न्युजलाई दिएको अन्तरवार्ता नाटक मात्र हो’



काठमाडौं- पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय न्युज टिभी च्यानल जी न्युजलाई दिएको अन्तर्वार्तालाई नाटकको संज्ञा दिएका छन् ।

बुधबार काठमाडौमा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले भने ओलीको राष्ट्रवाद कस्तो छ भन्ने कुरा भारतीय गुप्तचरका प्रमुखसँग रातीराती भेट गरेबाटै प्रश्ट हुन्छ । अहिले जी न्युजलाई उहाँले दिएको अन्तर्वार्ता पनि हेर्यौँ त्यो नाटकै हो ।

त्यसको पटाक्षप नै भैसकयो’, प्रचण्डको भनाइ थियो । उनले ओलीले जुन च्यानलाई अन्तरवार्ता दिएको सोही च्यानलले सगरमाथाको नामै फेर्ने सम्मको समाचार दिएको भन्दै ओलीलाई प्रश्न समेत गरे ।

उनले भने ‘एभरेष्टको नाम फेर्न रे’ । त्यस्तै उनले समाजवादतिर जाने बाटो बन्छ भनेर आफूले पार्टी एकता गरे पनि प्रधानमन्त्रीबाट संविधान र गणतन्त्र नै मास्ने काम भएको उनले बताए ।उनले केपी ओलीमाथि कटाक्ष गर्दै उखान टुक्काले हँसाएर कमेडी सो देखाउन आफूहरु नजुटेको बताए ।

Comment
error: Content is protected !!