ओलीलाई दिए प्रचण्डले यस्तो अर्को झड्का, आफैले बोलको कुरा ओलीलाई हुने भो भारी



काठमाडौं २९ पौष । नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई चुनौती दिएका छन् ।

बारम्बार आफ्नै पार्टीले काम गर्न नदिएर संसद विघटन गर्नु परेको बताउँदै आएका ओलीलाई प्रचण्डले प्रमाण दिन कडा चुनौती दिएका हुन् ।

आज काठमाडौंमा आयोजित कार्यकर्ता भेला कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीले कामै गर्न नदिएको एउटा पनि प्रमाण देखाउनुहोस् भन्दै कडा चुनौती दिएका छन् ।

पार्टीको नियमविपरित काम गर्ने ओलीले नै भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा पार्टीका नेताहरु लागेको भनेर भनेको स्मरण गर्दै उनले भने, ‘हामीले हटाएनौं त्यतिबेला । भारतले भन्दैमा हटाउने हो र भनेर हामीले हटाएनौं ।’

Comment
error: Content is protected !!