‘फोहोरको डंगुर ओली न भाँचिन तयार छन् नत झुक्न’



काठमाडौं २९ पौष । नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई फोहोरको डंगुर भएको संज्ञा दिएका छन् ।

आज काठमाडौंमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो आलोचना गरेका हुन् । ओलीको पार्टी सडक छाप हो भन्दै आक्रोशित नेपालले सडकको धुलो मात्र बताएका छन् ।

‘ओली झुटका पुलिन्दा हुन् , आफैले बोलेको कुरा थाहा नहुने ओली कम्युनिष्ट सिद्धान्तप्रति कुनै प्रतिवद्धता नभएको फोहोरको डंगुर हो, नेपालले भने ।

कार्यक्रममा नेपाले बामदेव गौतमले भनेको कुरा स्मरण्म गर्दै भने,डुङडुङी गन्हाउँदा पनि शरीरमा बोक्नु परेको छ । ओली सुध्रिने मान्छे होइन , ओली न भाँचिन तयार छन् न झुक्न तयार छन्, नेपालले अघि थपे ।

Comment
error: Content is protected !!