‘भ्वाइस अफ नेपाल’ सिजन ३ को तयारी अन्तिम चरणमा, आस्था राउतको को स्थानमा चर्चित गायिका त्रिश्ना गुरुङ भित्रिइन्



काठमाडौं । नेपालको चर्चित सिंगिङ रियालिटी सो भोइस अफ नेपालकी कोच आस्था राउत विबादमा तानिएसँगै नयाँ सिजनमा उनलाई नदोहोर्इने भएको छ । छिट्टै प्रशारण हुन गइरहेको सिजन ३ मा दोस्रो सिजनकी कोच आस्था राउतको स्थानमा अर्की चर्चित गायिका त्रिश्ना गुरुङलाई कोचको रुपमा ल्याउने तयारी गरिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार आस्थाको विबादका कारण यस्तो निर्णय लिनु परेको हो । गायिका आस्थाले विमानस्थलमा खटिएइका प्रहरीसँग मुख छाडेको भिडियो भाइरल भएसँगै यसले कार्यक्रमलाई पनि असर गर्ने भएकाले नयाँ सिजनमा उनको स्थानमा चर्चित गायिका त्रिश्ना गुरुङलाई देख्न पाइने भएको हो ।

भ्वाइसले यसअघि पहिलो सिजनबाट दोस्रो सिजनमा आउँदै गर्दा सनुप पौडेलको स्थानमा राजु लामा र अभया सुब्बाको स्थानमा आस्था राउतलाई ल्याएको थियो भने तेस्रो सिजनमा आस्थालाई विदाई गरेको हो ।
भोइस अफ नेपालको पहिलो संस्करणको विजेता सिडी बिजे अधिकारीको चर्चा जारी छ भने भने दोस्रो संस्करणका बिजेता राम लिम्बु गुमनाम छन् । उनको चर्चा सांगीतिक क्षेत्रमा खासै देखिँदैन ।

यि हुन् गायिका त्रिश्ना गुरुङको स्वरमा सजिएका भिडियोहरु

Comment
error: Content is protected !!