भर्खर जन्मेकी आफ्नी छोरीको तस्विर खिच्न दिएनन् विराट र अनुष्काले



काठमाडौँ । बलिउड चर्चित नायिका अनुष्का शर्मा आमा बनेकी छिन् । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र अनुष्काले सोमबार छोरीलाई जन्म दिएका हुन् । भारतको मुम्बईको ब्रीच कैंडी अस्प्तालमा छोरीलाई जन्म दिएको भारतीय अनलाइन आजतकले उल्लेख गरेको छ ।

अनुष्काले छोरीलाई जन्म दिए लगत्तै कप्तान विराटले एक स्टाटस पोष्स्ट गर्दै आफ्ना फ्यान र शुभचिन्तकलाई खुशीको खबर सुनाउँदै भनेका छन् हामी बाबु आमा बन्यौँ । यो नै हाम्रा लागि जिन्दगीको खुशीको ठूलो क्षण हो । यसै बिच

विराटले आफ्नो छोरीको कुनै पनि तस्विर नलिन फोटो ग्राफरलाई अपिल गरेका छन् । उनले भनेका तपाइहरुको माया प्रति हामी धेरै आभारी छौ । अब हामीलाई आम्री छोरी जिनताको रक्षाको लागी हजुहरुको सहयोग चाहियो । त्यसैले तस्विर नखिचिदिनु होला । त्यस्तै उनले बच्चीसँग सम्बन्धित कुनै समाचार नलेखिदिन पनि अपिल गरेका छन् ।

Comment
error: Content is protected !!