नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली नयाँ दिल्ली प्रस्थान



काठमाडौं १ माघ । तीन दिने भम्रणमा पराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज भारत प्रस्थान गरेका छन् ।

नेपाल भारतको संयुक्त आयोगको बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली भारतको नयाँ दिल्ली आज प्रस्थान गरेका हुन् ।

नेपाल भारत संयुक्त आयोगको छैटौं बैठकमा द्विपक्षिय सम्बन्धका विविध विषयका साथै व्यापार, पारवहान, उर्जा, सीमा, कोभिड-१९ साझेदारी, पूर्वाधार, लगानी, कृषि, पर्यटन, संस्कृति, कनेक्टिभिटीका क्षेत्रका विषयमा छलफल हुने जारी गरिएको वक्तव्य उल्लेख गरिएको छ ।

माघ तिन गते फर्किने मन्त्री ज्ञवालीलको टोलीले त्यँहा रहँदा विभिन्न उच्चस्तरीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

Comment
error: Content is protected !!