भ्रष्ट नेताहरुको सम्पति छानविन गरे कोरोनाको खोप खरिद गर्न चन्दा उठाउन पर्दैन, हेल्लो भ्रष्ट सरकार !



काठमाडौं १ माघ । नेपाली कांग्रेसका नेता धनराज गुरुङले भ्रष्ट नेताहरुको सम्पति छानविन गरे कोरोनाको खोप खरिद गर्न पैसाको अभाव हुँदैन भन्दै हेल्लो भ्रष्ट सरकार भनेका छन् ।

नेता गुरुङले आज ट्वीटर मार्फत आज कोरोनाको खोप ल्याउन चन्दा उठाउनु भन्दा सरकार ठुला भ्रष्ट कर्मचारी र भ्रष्ट नेताहरुको सम्पत्ति छानबिन गरे पैसाको अभाव हुँदैन भनेका हुन् ।

हिम्मत भए वाइडबडी,बालुवाटार,यती, ओम्नी, सेक्युरिटी प्रिन्टिङ प्रेस, आइल निगम जग्गा खरिद, बुढी गण्डकी आदि काण्डका नाइकेहरुलाई ठोकौं त १ भन्दै नेता गुरुङले सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेता गुङको ट्वीट- हेल्लो भ्रष्ट सरकार! कोरोनाको खोप ल्याउन चन्दारु ठुला भ्रष्ट कर्मचारी र भ्रष्ट नेताहरुको सम्पत्ति छानबिन गरौं। खोप खरिद गर्ने पैसाको अभाव हुँदैन। वाइडबडी,बालुवाटार,यती, ओम्नी, सेक्युरिटी प्रिन्टिङ प्रेस, आइल निगम जग्गा खरिद, बुढी गण्डकी आदि काण्डका नाइकेहरुलाई ठोकौं त१ हिम्मत छ ?

Comment
error: Content is protected !!