संयुक्त संघर्षदेखि सत्ता–सहकार्यसम्मको प्रस्ताव राखेको प्रचण्ड- नेपाल समूहको प्रस्तावलाई देउवाले ठाडै यस्तो भने…



काठमाडौं १ माघ । नेकपा पार्टी फुटेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलो पटक प्रचण्ड नेपाल समूहका अध्यक्षद्धय नेता पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग भटवार्ता गरेका छन् ।

आफ्नै निजि निवासमा भेट गरेका देउवालाई प्रचण्ड नेपाल समूहले सर्वोच्चमा विचाराधीन रहेको संसद विघटन विरुद्धको मुद्धालाई लिएर संयुक्त संघर्षदेखि सत्ता–सहकार्यसम्मको प्रस्ताव गरेको बुझिएको छ ।

तर भेटघाटमा देउवाले भने आफ्नो पार्टी अदालतको निणर्यमा सहमत हुने स्पष्ट पारेका छन् । ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको हो तर हामी अदालतको निणर्यमा सहमत छौं । सभापति देउवाको भनाई उद्दृत गर्दै स्रोतले भन्यो ।

हामी संसद पुनस्थापना पनि भनेका छैनौं र निवार्चनको पक्षमा पनि नभएको तर अदालतको निणर्य आफ्नो पार्टीलाई सदर हुने बताएका देउवाले आफ्नो पार्टी आन्दोलनमा पनि लागेका बताएका थिए ।

सहकार्यमा आन्दोलन नगर्ने पनि आफ्नो पार्टी एक्लै आन्दोलनमा जाने स्पष्ट धारणा राखेका छन् ।

Comment
error: Content is protected !!