कांग्रेस सभापति देउवा सवार हेलिकप्टर अकस्मात अवतरण
काठमाडौं १ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर अकस्मात अवतरण गरिएको छ ।
काठमाडौंबाट पर्वत जाँदै गर्दा मौसम खराबको कारण पालुङटारको आँपपिपल भन्ने स्थानमा देउवा सवार हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो ।
देउवा अब मौसम खुलेपछि मात्र त्यहाँबाट जाने पनि बुझिएको छ ।