जर्मनीमा कोरोनाका कारण एकैदिनमा अहिलेसम्मकै धेरैको मृ,त्यु



बर्लिन, १ माघ – कोरोनाभाइरसबाट सङ्क्रमित भएर जर्मनीमा एकैदिनमा एक हजार २४४ जनाको मृ,त्यु भएको छ । पछिल्लो २४ घण्टामा भएको यो मानवीय क्षति एकैदिनमा भएको अहिलेसम्मकै सवैभन्दा ठूलो क्षति भएको अधिकारीहरूले जनाएका छन् ।

जर्मनीमा पछिल्लो २४ घण्टामा अरु २५ हजार १६४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै जर्मनीमा कुल सङ्क्रमितको सङ्ख्या १९ लाख ८० हजार पुगेको छ ।

“कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म एकैदिनमा यति धेरै मानवीय क्षति कहिल्यै भएको थिएन, यो नै एकैदिनमा भएको सवैभन्दा धेरै क्षति हो,” एक अधिकारीले भने ।

महामारीमा परेर जर्मनीमा अहिलेसम्म ४३ हजार ८८१ जनाको मृ,त्यु भएको सरकारी तथ्याङ्क छ । कोरोनाभाइरसबाट प्रभावित मुलुकहरुको सूचीमा जर्मनी अग्रपक्तिबाट क्रम सङ्ख्या १० मा रहेको छ । (रासस÷सिन्ह्वा)

Comment
error: Content is protected !!