सम्बन्ध राख्न नपाएपछि श्रीमतीको ज्यान लिएर रातारात भित्री वस्त्रमै प्रहरी चौकी पुगे श्रीमान — OSNepal

सम्बन्ध राख्न नपाएपछि श्रीमतीको ज्यान लिएर रातारात भित्री वस्त्रमै प्रहरी चौकी पुगे श्रीमान

LC (KTM) November 02, 2021 0

काठमाडौ । रुपन्देही जिल्लााम मन नै रुवाउने घटना भएको छ । सियारिया गाउँपालिका ३ हर्नैयामा सुन्नै नसकिने घटना भएको छ । श्रीमानले नै आफ्नो श्रीमतीलाई संसारवाटै विदा गरिदिएका छन् । श्रीमतीले सम्बन्ध राख्न नमानेपछि सिध्याइदिएका छन् । श्रीमानले गरेको कृयाकलाप सुन्दा पनि मन ड राउँछ । घटना गराएपछि श्रीमान रातारात प्रहरी कार्यालय पुगेका थिए । उनी भित्रि वस्त्रमै प्रहरी कार्यालय पुगेका थिए । स्थानियले पनि उनी प्रहरी कार्यालय पुगेपछि मात्र खबर पाएका थिए ।

स्थानिय बासीन्दा भन्छन्, हेर्नै नसक्ने अवस्था थियो । घर नजिकै भएकाहरुले पनि थाहा पाएनन् । घरका मानिसले पनि थाहा पाउलान् भनेर उनी ढोका नखोलेर घरको छतवाट वाहिर निस्केका थिए । मध्यरातमा घटना भएको हुनसक्ने स्थानियले बताएका छन् । राती २ वजे प्रहरीले स्थानियलाई फोन गरे पछि उनीहरुले थाहा पाएका थिए । महिलाको छोरीले वृद्ध अवस्थामा आमा माथि घटना गराएको भन्दै चिन्ता ब्यक्त गरेकी छन् ।

घरभरी नाति नातिनी छन् बुढेसकालमा बुवाले यस्तो गरिदिनुभयो, छोरीले भनिन्, घरको ढोका पनि नखोलेर बुवा छतवाट प्रहरी कार्यालय पुग्नुभएछ । गनपथ बानिया नाम गरेका वृद्ध पुरुषले यस्तो घटना गराएका हुन् । प्रहरी कार्यालय पुग्न पनि निकै घण्टा लाग्छ । ५ किलो मिटरको दुरीमा रहेको प्रहरी कार्यालय उनी हिडेरै पुगेका थिए । घटना भएको दिनभरी उनी सान्त स्वभावमै थिए । उनी मिलवाट एक लाख ६० हजार रुपैया लिएर आएका थिए ।

घरमा आएर उनले घरमा भएको मन्दिरमा शिर निहुराएका थिए । उनले म आज यतै बस्छु पनि भनेनन् । उनी घरमा आएर पनि कसैसंग नबोलेको छोरीले बताइन् । दिउसो छोरी घरमा आएकी थिइन् उनी एक घण्टा माइतमै बसेर घर फर्केको बताइन् । आमाको लिभर कमजोर थियो, विरामी भइरहनुहुन्थ्यो । बुवा आमाबीचमा कहिल्यै विवाद भएको पनि थाहा छैन । बुवाको कुनै अम्बल पनि थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर