दाङमा गाडी पल्टियो — OSNepal

दाङमा गाडी पल्टियो

LC (KTM) November 02, 2021 0

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ६ घोराही रोडस्थित दुर्घटनाग्रस्त गाडीलाई निकालिदै । केही दिन अघि यात्रुबहाक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियो ।

अभिनेता काल पेनले गरे आफू समलिंगी भएको खुलासा =काठमाडौं = भारतीय मूलका अमेरिकी अभिनेता कल्पेन सुरेश मोदी अर्थात् काल पेनले आफ्नो नयाँ किताब ‘यु कान्ट वी सिरियस’ को विमोचनभन्दा अगाडि आफ्नो बारेमा ठूलो रहस्योदघाटन गरेका छन् ।

किताब विमोचनभन्दा अघिको एउटा अन्तर्वार्तामा उनले आफू समलिंगी भएको खुलासा गरेका हुन् । त्यससँगै उनले आफू आफ्नो साथी जशसँग इंगेज्मेन्ट गर्न लागेकोसमेत जानकारी दिएका छन् । काल र जश विगत ११ वर्षयता सम्बन्धमा छन् । गुजरातमा जन्मिएका कालले आफूले जशसँगको प्रेम लुकाउन नचाहेको बताएका छन् ।

उनले आफू समलिंगी भएको कुरा बाबुआमा तथा आफन्तलाई बताउँदा उनीहरूले सहज रूपमा लिएकाले जशसँग सम्बन्ध बनाइराख्न सहज भएको बताएका छन् । उनले आफ्नो परिवारले आफूहरूलाई सहयोग गरेकाले अब छिट्टै बिहे गर्न लागेकोसमेत खुलाएका छन् । कालले आफूहरूले भारतीय परम्पराअनुसार शानदार रूपमा बिहे गर्ने तयारी गरेको बताएका छन् ।

‘म एक पुरुषसँग सम्बन्धमा बाँधिइसकेको छु । अनि मेरो परिवार त्यहाँ सामेल हुनेछ,’ उनले भनेका छन्, ‘अब यो ठूलो बिहे हुनेछ कि सानो, तपाईहरू आफैं मूल्यांकन गर्नुस् ।’ कालले आफ्नो समलंैगिक सम्बन्ध र बिहेको बारेमा आफ्ना पाठकलाई बताउन निकै उत्साहित रहेको बताएका छन् ।

ह्वाइट हाउसका पूर्वकर्मचारीसमेत रहेका काल विशेषगरी टिभी कार्यक्रम हाउसमा निर्वाह गरेको लरेन्स कुटनरको चरित्रका लागि परिचित छन् । त्यसैगरी, हारोल्ड एन्ड कुमार नामक सिरिजमा उनले निर्वाह गरेको कुमार पटेलको चरित्रले पनि उनलाई चिनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर