पत्रकारलाई बोल्न सिकाउने ओलीले फेरि बोले यस्तो अपशब्द !



काठमाडौं ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनविरुद्ध बोल्नेहरुलाई देशद्रोहीको आरोप लगाएका छन् ।

आज आइतबार अपाङ्गता भएका व्यक्तिहरुसँगको अन्तक्रिया कार्यक्रममा ओलीले संसद् विघटनको विरोध गर्नेहरु देश, जनता, संविधान र लोकतन्त्रविरोधी भएको आरोप हुन् ।

सत्तामा हातमा लिएको भए पो तानाशाह जनताको बिचमा जान्छु भन्दा म कसरी तानाशाह भन्दै ओली भने, ‘किनबेच र तिकडम गरेर मै शासक रहन्छु भनेको छैन । मैले त जनताका बीचमा जाउँ भनेको छ ।

‘मैले सत्ता हातमा लिएको छैन’ जनताको बीचमा जाऔं भन्दा म कसरी तानाशाह हुन्छ ?’ आफूलाई हटाएर मुलुकमा अस्थिरता मच्चाउने प्रयास भएकाले जनतामा जाने निर्णय गरेको हो’ ओलीले भने ।

ओलीले भने ,’प्रतिनिधिसभा विघटन भयो भनेर कराउने ती मान्छे संविधान, लोकतन्त्र, जनविरोधी मान्छेहरू हुन् । देशमा अस्तव्यस्तता खडा गर्ने, स्थायित्व र स्थिरता हुन नदिने, बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाएर स्थिरताको कुरा गर्ने ? सांसदहरूले ५ वर्ष नै जागिर खानुपर्ने, यो स्थायी जागिर हो ?

यस भन्दा अघि पनि ओलीले पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश, कानून व्यवसायी, कानूका ज्ञाताले गरेका संसद विघटनको मुद्धालाई एक व्यक्तिले गरेको तमासा भनेर टिप्पणी गरेका थिए ।

Comment