ओलीमाथि यसरी खनिए रावल भने,अवैध कमिटीको अवैध अध्यक्षको निर्णयले कुनै अर्थ राख्दैन — OSNepal

ओलीमाथि यसरी खनिए रावल भने,अवैध कमिटीको अवैध अध्यक्षको निर्णयले कुनै अर्थ राख्दैन

LC (KTM) May 25, 2021 0

काठमाडौं ११ जेठ । नेकपा (एमाले) बाट निष्काशित नेता भीम रावल प्रधानमन्त्री केपी शर्मा ओली माथि खनिएका छन् । हिजो बसेको नेकपा एमालेको स्थायी किमिटको बैठकले नेता रावलसहित ११ जना नेतालाई पार्टीबाट निष्काशित गरेपछि आक्रोशित रावलले अवैध कमिटीको अवैध अध्यक्षले गरेको निर्णयको कुनै अर्थ नहुने बताएका हुन् ।

पार्टीबाट निष्काशित भएपछि हिजो नै एक कार्यक्रमा सहभागी भएका रावलले राजनीति आफूहरुले देश र जनतालाई गरेको भन्दै ओलीले गरेको कारवाहीले केहि नहुने स्पष्ट पारेका छन् । कार्यक्रममा ओली आफै निरंकुश र तानाशाह भएकाले उनले एमाले पार्टी निमार्ण गरेका वरिष्ठ नेता माधव नेपाललाई पार्टीबाट निष्काशन गर्नु हाँस्यास्पद भएको समेत बताएका छन् । अब आफ्नो समहु कसरी अगाडी बढ्ने भन्ने विषयमा केन्द्रित भएको बताएका छन् । आफुहरु जनताको नेता भएकाले आफुहरु सधै सडकमा आउने पनि बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर