कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेता जीवनबहादुर शाहीको दावी — OSNepal

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेता जीवनबहादुर शाहीको दावी

LC (KTM) November 02, 2021 0

काठमाडौं १६ कात्तिक । कर्णाली प्रदेशमा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । शाहीले सत्ता गठवन्धन दलको समर्थनमा प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।

उनलाई कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२ र नेकपा ९एकीकृत समाजवादी०का ३ सांसद गरी २१ सांसदको समर्थन रहेको छ । ३५ मात्र प्रदेश सांसद रहेको कर्णाली प्रदेशमा शाहीले आफ्नो सरकार बनाउन १८ प्रदेश सांसदको समर्थन जुटाए हुन्छ ।

सोमबार तत्कालिन मुख्यमन्त्री महेन्द्र शाहीले राजीनामा दिएपछि प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्री नियुक्तिका लागि २४ घण्टाभित्र आधार पेश गर्न प्रदेशसभा सदस्यलाई आहृवान गरेका थिए ।

सोही अनुरुप आज साँझ ८ बजे मुख्यमन्त्री शाहीले शपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेशले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर