यातायात व्यवसायीको फाइदाको लागि जनता मरिदिनुपर्ने स्थितिको अन्त्य कहिले हुन्छ ? — OSNepal

यातायात व्यवसायीको फाइदाको लागि जनता मरिदिनुपर्ने स्थितिको अन्त्य कहिले हुन्छ ?

LC (KTM) November 04, 2021 0

अनुसा थापा- काठ्माडौंमा देशको राजधानी जहाँ लाखौं मानिसको बसोबास हुन्छ । आफ्ना विभिन्न आवश्यकता पुरा गर्नको मानिसहरु आफ्नो गाँउठाँउ छोडेर राजधानी बस्छन् । पढ्नको लागि केटीकेटी र उपचारको लागि वृद्धवृद्धा पनि काठ्माडौंनै बस्छन् । व्यापार .व्यवसायको लागि पनि उपत्यका उत्तम मानिन्छ । रोजगारीका क्षेत्रहरु पनि नभएका भने होइनन् । त्यसैले अधिकांश सर्वसाधारणको रोजाइको क्षेत्र बनेको छ काठ्माडौं । केही दिन अघिदेखि उपत्यकाबाट तिहार मान्नको लागि गाँउघर जानेको संख्या ह्वात्तै बढेको छ ।

कंलकीबाट विभिन्न जिल्लामा बाहिरिने गाडीहरु भरिभराउ छन् । गाडी नपाएर गाडी कुरेर बसेको यात्रुहरु पनि प्रशस्तै देखिन्छ । कंलकीबाट बुटवल घर जान जम्बो हायसको पर्खाइमा थिइन् । पोहोरको तिहारमा सात सय रुपैया तिरे पुग्थ्यो । अहिले त बाह्र सय भइसकेछ, उनले भनिन् ।त्यस्तै, कंलकीबाट पोखरा जान लागेको सानमैया कुवंर भाँडाको गाडी नपाएर हरियो प्लेटको पर्यटक बसमा जान लागेको भन्थिन् । उनले भनिन्, यहाँबाट पोखरा गएको त हजार रुपिँया तिर्नपप्यो । गाडी नपाएर कुरेर बसेकाहरु कंलकीमा प्रशस्तै भेटिन्छन् ।

धेरै दिदीबहिनी बालबच्चा र झोला च्यापेर गाडी कुरिरहेको देखिन्थ्यो । सरकारले कंलकीबाट पोखरासम्म यात्रा गर्दा तोकेको भाँडा ४ सय ९५ हो जुन कालो प्लेट बसमा लागु हुन्छ । हरियो प्लेटको पर्यटक बसले नेपाली बोक्न पाउदैन् । पर्यटक बोक्न भनेर ल्याएको गाडी सबै भन्सार र भ्याट छुटमा आएको हो ।यी गाडीहरुले यसरी नेपाली जनता बोकेर पैसा लिन पाउदैन् । यसलाई गैरकानुनी मानिन्छ । साथै , हरियो प्लेटको गाडीहरुले चार महिनामा तिर्नपर्ने रोडपरमिट, छ महिनाको जाँचपास तिरेको हुदैनन् । यिनीहरु कम्पनी र घरेलुमा गएर पञ्जीकरण पनि भएका छैनन् ।

त्यस्तै, टाटासुमोमा बल्खुबाट हेटौडा जान लागेको यात्रुहरुको टिकट काउण्टरमा गुनासा धेरै थिए । सरकारले तोकेको भाँडा ४ सय ६५ रुपिँया भएपनि टिकट काट्ने काउण्टरले ९ सय रुपिँया लिइरहेको थिए । सरकारले छाडा छोडेको छ अनि ठगिहाल्छन् नि एक जना टिकट काट्न आएका व्यक्तिले धने ।

गाडी पनि छैन्, टिकट पनि पाइएन् अब कसरी घर जाने होला भन्ने चिन्ताले धेरै सर्वसाधारणलाई पिरोलिरहेको थियो । मँहगो भाँडा तिर्न सक्नेले टिकट पाउने रहेछन् भन्दै धेरै सर्वसाधारणले दुःखेसो पोखिरहेको थिए । फितलो अनुगमनका कारण पनि जनता ठगिनुपरेको यात्रुहरुको आरोप छ ।

कोटेश्वरको जडीबुटीमा पनि घर जाने यात्रुहरुको भीड अत्याधिक छ । कोटेश्वर बाट काभ्रेको तामाघाट जान लागेको कृष्ण महतको अनुसार सरकारले तोकेको १ सय ५० रुपिँया छ । तर अहिले ३ सय रुपिँया तिरेर घर जान लागेको उनले बताए । उनले भने, म सामाखुसी बस्छु । सामाखुसीबाट जडीबुटी आएको ट्याक्सीले हजार रुपिँया लियो ।
के गर्ने यातायात क्षेत्रमा यत्रो लुट छ, सरकारलाई मतलब नै छैन् उनले भने । सामाखुसीबाट जडीबुटी बढीमा सात किमि होला । तर सरकारले निर्धारण गरेको भाँडासंग दाज्ने हो भने ट्याक्सी व्यवसायीले आफ्नो मनोमानी भाँडा असुल्दै आएका छन् ।
ट्याक्सी चढ्नेबित्तकै १४ रुपिँया तिर्नुपर्छ भने सरकारले तोकेअनुसार प्रत्येक किमि ३९ रुपैया छ । तिहार लागेसंगै ट्याक्सीको ठगीधन्दा झन मौलाउदो छ । धेरै सर्वसाधारण ट्याक्सी चढेर किनमेलमा जाने भएकाले ट्याक्सी मिटरमा हिड्न मान्दैन ।दशैं मान्न कति जनता घर जान्छन् त्यसको आधा तिहारमा जान्छन् । दशैमा घर जान नपाएकाहरु तिहारमा आफ्नो जन्मथलो फर्किन्छन् । गृह मन्त्रालय र ट्राफिक महाशाखाको कमीकमजोरीले दशैको अवधिभर १६५ जना सवारी साधन दुर्घटनामा परेर अकालमा ज्यान गुमाए ।

त्यस्तै, दुर्घटनामा परेर अधिकांश त घाइते भए । यातायात व्यवसायीले बीस वर्ष नाघेका थोत्रा गाडी चलाउदा र सिटभन्दा बढी यात्रु हाल्दा यत्रो मान्छे मरे । यातायात व्यवसायीले सरकारले बनाएको ऐनकानुन नमान्दा र आफ्नो कमाउधन्दा हेर्दा हरेक वर्ष सवारी साधन दुर्घटनामा पर्ने गरेको छ ।गृह मन्त्रालयले गाडीको कागजपत्र चेकजाँच गरेन् । यता, ट्राफिक महाशाखाले पनि सिटभन्दा बढी यात्रु हाल्नेलाई पनि कारबाही गरेन् । सरकार र यातायात व्यवसायी मिलेर दशैंमा १६५ जना मारे । कति जल न थलको बने । दशैं मान्न गएकाहरुको घरमा रुवाबासी चल्यो ।

सरकार र यातायात व्यवसायीले दशैमा जे गरे तिहारमा फेरिपनि त्यो नदोहोरियोस् । सवारी साधन दुर्घटनामा परेर कसैले पनि ज्यान गुमाउन नपरोस् । यसको लागि यातायात व्यवसायी यात्रुप्रति जिम्मेवार हुनुपप्यो । सरकारले पनि अनुगमनमा कडाइ गर्नपप्यो ।

जनतालाई दुर्घटनामा पारेर मार्ने अधिकार कसैले पनि पाएका छैनन् । न राज्यले जनता मार्न पाउछ न त यातायात व्यवसायीले । पैसा तिरेर यात्रा गर्नपरेको छ तर शकुसल घर पुगिन्छ कि पुगिन्न ठेगान छैन् । डराइडराइ यात्रा गर्नपर्ने बाध्यता छ । सवारी साधन दुर्घटनामा परेर दैनिक ११ जनाले ज्यान गुमाइरहेको छन् ।एकैठाँउमा ३२ जनाले ज्यान गुमाएका घटनाहरु पनि हाम्रै आँखा अगाडि छन् । तर सरकार र यातायात व्यवसायी सुध्रिने नाम नै लिदैनन् । देशका जनताप्रति राज्य र यातायात व्यवसायी दुवै जिम्मेवार छैनन् । सडक दुर्घटनामा परेर यत्रो जनताके ज्यान गुमाइरहेको छन् ।

तर, यसको न्युनिकरणको लागि कुनै ठोस कदम चालिएको देखिदैन् । यातायात क्षेत्रका सम्पुर्ण सम्बन्धित निकायहरुलाई पैसा भए पुग्ने रहेछ । यातायात व्यवस्था विभागलाई जनताको अलिकति पनि ख्याल छैन् । यातायात मन्त्रालयलाई यातायात व्यवसायीहरुसंग आर्थिक लेनदेन गर्दै ठिक्क छ ।ट्राफिक महाशाखालाई अनुगमन गर्न अल्छी लाग्छ अनि मर्ने कोभन्दा सर्वसाधारण । सरकारले यातायात व्यवसायीको सहमतिबिना केही निर्णय गर्न सक्दैन् । यसको एउटा गतिलो उदाहरणः यातायात व्यवस्था विभागका डिजी नमराज घिमिरेलाई नँया ट्याक्सीको दर्ता खोल्न टिप्पणी उठाएर पठाइस् भने हामी सरुवा गरिदिन्छौ मात्र के भनेका थिए ।

यति भने घिमिरे पछि हटे नँया ट्याक्सीको दर्ता खोल्नको लागि टिप्पणी उठाएर मन्त्रालय पठाउने उनीमा आँट नै आएन् । यातायात व्यवसायी कति शक्तिशाली रहेछन् यो उदाहरणबाटै प्रस्टै हुन्छ । यहाँ पनि आर्थिक चलखेलले ठुलो भुमिका निभाएको छ ।म कर्मचारी हु, मन्त्रीले जे भन्यो मैले त्यही गर्ने हो घिमिरेले बताए । मन्त्रीले नै नँया ट्याक्सीको टिप्पणी उठाउन जरुरी छैन् भनेका छन् । यता, यातायात कार्यालयका प्रमुख भन्छन् मैले नँया ट्याक्सीको दर्ता खोल्न माग गरेको हो । त्यही भएर यातायात व्यवसायी मलाई नै सरुवा गर्न खोज्दै छन् ।

सिण्डिकेट हटाउन खोज्दा र जनतालाई सेवा दिन खोज्दा यातायात व्यवसायी मन्त्ती भएकोतिर पुगिहाल्छन् । राज्यको ढुकुटीमा राजस्व ल्याउन खोज्दा आफै नराम्रो भइन्छ । के गर्ने सतीले सरापेको देश राम्रो काम गर्न खोज्यो तर नराम्रो देख्छन् ।यातायात मन्त्री पनि पैसा खाएर टन्न भएर बसिकी छिन् । त्यसैले पनि यातायात क्षेत्र सुधार गर्नमा खासै चासो दिन्नन् । सिण्डिकेट हटाउनतर्फ यिनको ध्यान नै जादैन् । भ्रष्ट्राचारीहरुले राज गरेको देशमा विकास र सुधारको कल्पना गर्न सकिन्न ।

यातायात मन्त्रीले चाह्यो भने यातायात क्षेत्रको सुधार पनि हुन्थ्यो, नँया ट्याक्सीको दर्ता पनि खुल्थ्यो । तर पैसाको आडमा यो सम्भव छैन् ।यी दुई उदाहरणले स्पष्ट हुन्छ यातायात क्षेत्रमा कहिले पनि सुधार हुने छैन् । यातायात क्षेत्रमा भएको एकाधिकार तोडिदैन भने जनताले पैसा तिरेर पनि सेवासुविधा पाउने छैन् । न जनताले भनेको बेला गाडी पाउछन् न राज्यले राजस्व नै । देशको यातायात क्षेत्र यसरी नै जिवित रहने भो । यातायात व्यवसायीको कारणले जनता मरिदिनुपर्ने स्थितिको अन्त्य कहिले हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर