ट्युमर भएको आशंका लागेर भारत पुगेका भट्टराईले चिकित्सकलाई भेटेर परामर्श लिँदै



काठमाडौं ।पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सोमबार चिकित्सकसँग भेट गरेका छन् ।ट्युमरको आशंका गरिएसँगै थप उपचारका लागि भारत पुगेका भट्टराईले सोमबार चिकित्सकसँग भेट गरेका हुन् ।

याँ दिल्लीस्थित ‘इन्ष्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’ मा उनले चेकजाँच तथा चिकित्सकसँग परामर्श लिएका हुन् ।

नेपालमा उपचार गराएका उनलाई न्युरो-इन्डोक्राइनको ट्यु मर भएको आशंका गरिएसँगै चिकित्सकको सल्लाह र सिफारिसमा भारत पुगेका हुन् । उनको थप स्वास्थ्य परीक्षण भइरहेको बताइएको छ ।

Comment