स्रोत नखुृलेको १० लाख रकमसहित पक्राउ परे यी दुई महिला



सप्तरी ११ फागुन । स्रोत नखुलेको १० लाख रुपैंया सहित दुई महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका-५ बस्ने ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास रहेका छन् ।

गस्ती टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुबाट उक्त रकम बरामत गरेको हो ।

उक्त रकम कहाँबाट ल्याएको भनेर जिल्लाको बीओपी तिलाठीको गस्ती टोलीले सोध्दा स्रोत खुलाउन नसकेपछि ति दुई महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

यो पनि पढ्नुहोस्

बाजुराका ग्रामीण सडकको भाडा निर्धारण ः

प्रतिकिमी रु ११ बाजुरा जिल्लाका ग्रामीण क्षेत्रमा निर्माण भएका सडकमा सञ्चालन हँुदै आएका जीपको भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । प्रशासनले सर्वपक्षीय भेलाबाट उक्त भाडा दर कायम गरेको हो । पूर्वी उत्तरी भेगमा जोडिएको मार्तडी–कोल्टी, मार्तडी गौमुल, मार्तडी आटिचौरलगायत सडकको प्रतिकिलोमिटरमा रु ११ का दरले भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले राससलाई बताउनुभयो । जीप व्यवसायीले चर्को भाडा लिने गरेको चौतर्फीरुपमा गुनासो आएकाले व्यवसायी, राजनीतिक दल, सुरक्षा निकायका प्रमुख र सञ्चारकर्मीलगायत सर्वपक्षीय भेलाबाट उक्त भाडा लिने सहमति भएको गैह्रेले बताउनुभयो ।

जीप व्यवसायीले मनोमानी भाडा असुल्ने र क्षमताभन्दा बढी यात्रु राख्ने गरेकाले सोमबार जिल्ला प्रहरी कार्यालय बाजुरामा व्यवसायीहरुलाई बोलाएर मार्तडी–कोल्टी र अन्य सडकमा सञ्चालन हुने जीपका लागि भाडा कायम गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक मदनजीत महराले राससलाई जानकारी दिनुभयो ।

मार्तडीदेखि कोल्टीको प्रतिकिलोमिटर रु ११ का दरले रु ४७३ भाडादर कायम गरिएको र सो भाडा अन्य ग्रामीण सडकमा चल्ने जीपका व्यवसायीले समेत लागू गर्नुपर्ने प्रहरीप्रमुख महराले बताउनुभयो । सर्वपक्षीय भेलाले रुट अनुमति नभएका सवारी साधन र सवारी चालक अनुमतिपत्र नभएका चालकले सवारी साधन चलाउन नपाउने र चलाएको पाइएमा कानूनी कारवाही गर्ने निर्णय गरिएको छ । चलानी पत्र र टिकट अनिवार्य काट्नुपर्ने तथा जीपमा भाडादर टाँस्नुपर्ने सो नगरिएमा कानूनी कारवाही गरिने भएको छ । यस्तै जथाभावीरुपमा सवारी साधन पार्किङ गर्न नपाइने, दुनिहाट बजारका हकमा साँझ ७ र बिहान १० बजेसम्म मात्र सामान लोड अनलोड गर्ने र सो नगरिएमा कानूनी कारवाही गर्ने निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सर्वपक्षीय बैठकमा गरिएको मार्तडी कोल्टी र अन्य ग्रामीण सडकमा सञ्चालन हुने जीपको भाडा प्रतिकिलोमिटर रु ११ का दरले ४७३ कायम गरिएकोमा व्यवसायीहरुले असुन्तुष्टि जनाएका छन् । व्यवसायीहरुले मार्तडीदेखि कोल्टीसम्मको ८०० रुपैया भाडा बनाई दिन माग गरेपनि सर्वपक्षीय बैठकले ४७३ रुपैया भाडादर कायम गरेपछि असन्तुष्टी जनाएका हुन् ।

जय मालिका यातायात प्रालि बाजुराका उपाध्यक्ष पृथ्वी रावलले कोल्टी क्षेत्रमा जीपहरु सो भाडामा सञ्चालन गर्न नसकिने भएकाले रिजर्भबाहेकमा जीपहरु पुनः सञ्चालन नगर्ने बताउनुभयो । जीप व्यवसायी, बडीमालिका नगरपालिकाका नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधि, प्रहरीप्रमुख र पत्रकारहरुको सर्वपक्षीय बैठकले उक्त भाडा निर्धारण गरेको हो ।

यो पनि पढ्नुहोस्

चिराइतोले बजार नपाएपछि खेती छाड्दै

फुङ्लिङ, ११ फागुन ९रासस०ः विगतमा चिराइतो कृषकको रुपमा स्थापित भएको नाम हो दाबा शेर्पा । उहाँ सिरिजङ्घा गाउँपालिका–७ याम्फुदीनका निवासी हुनुहुन्छ । जङ्गलमा मात्र पाइने चिराइतो ताप्लेजुङमा २०७१ सालमा व्यावसायिक रुपमा बारीमा उत्पादन गरेर चिराइतो कृषकको रुपमा उहाँ स्थापित हुनुभएको हो । केही वर्ष अगाडि फागुनमा याम्फुदिनमा चिराइतो व्यापारी भरिभरांै हुन्थे ।

विगतमा उहाँ नकै व्यस्त हुनुहुन्थ्यो चिराइतो सङ्कलन गर्न । तर आजभोलि उहाँ निकै फूसर्दिलो हुनुभएको छ । किन कि यस वर्षदेखि चिराइतो खेती गर्न छोडिएको छ । उहाँले भन्नुभयो,“अघिल्लो वर्ष केही चिराइतो व्यापारी घरघरमा आउँथे । यस वर्ष कोही आएनन् ।” विगतमा ४० केजीको २८ हजारमा घरमै चिराइतो खरीद गर्न व्यापारी आउने गरेको शेर्पाले बताउनुभयो ।

अहिले चिराइतोको मूल्य नभएकाले कुनै पनि व्यापारी नआएको शेर्पाले बताउनुभयो । मानवीर राईले विगतमा एक सय मन चिराइतो उत्पादन गर्नुहुन्थ्यो । अहिले उहाँको घरमा औषधिको लागि ६÷७ केजी मात्र छ । उहाँले चिराइतोको बजार नभएपछि व्यवसाय परिवर्तन गरिसक्नुभयो । त्यस्तै फक्ताङलुङ गाउँपालिका– ६ का राजकुमार राई पनि चिराइतो खेती गर्न छोड्ेर अहिले सामान्य मिस्त्री काम गर्न लागेको बताउनुभयो । विगतमा चिराइतो खेती गर्ने अहिले प्रायः सबैले व्यवसाय परिवर्तन गरेका छन् । विगतमा एक मन चिराइतो रु दुई हजार ६००मा बिक्री हुन्थो । हिमाली समुदायका चिराइतो कृषकले राम्रो आम्दानी गर्थे । जैविक विविधताको देश नेपालमा विभिन्न जडीबुटी पाइन्छन् । चिराइतो महत्वपूर्ण जडीबुटी हो । यो एक हजार ५०० मिटरदेखि दुई हजार ५०० मिटरसम्म अत्यधिक हुने गर्छ । यो दुई वर्षसम्म बाँच्ने जिल्ला वन कार्यालय ताप्लेजुङका कर्मचारी कमला खतिवडाले बताउनुभयो ।

ज्वरो, कमलपित्त, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरा सम्पूर्ण भाग नै प्रयोग गर्न सकिने खतिवडाले बताउनुभयो । ताप्लेजुङमा सरकारी वनबाट तीन हजार ५०० केजी उत्पादन गर्ने लक्ष्य रहेको वन कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा १४ हजार ४२० केजी तापलेजुङबाट निकासी भएको वन कार्यालयको तथ्याङ्क छ । चालू आर्थिक वर्षमा ११ हजार १०० केजी निकासी भएको जनाइएको छ ।

गत वर्ष इलाम, पाँचथर र सङ्खुवासभामा उत्पादन भएको चिराइतो ओलाङचुङगोला नाका हँुर्दै चीनतर्फ निकासी हुने गरेको चिराइतो व्यापारी दाबा ज्युङदाक शेर्पाले बताउनुभयो । कोरोनाको कारणले ओलाङचुङगोला तर्फको टिपताला नाका ११ महिनादेखि बन्द भएको छ । नाका बन्द हुँदा चीनतिर चिराइतो जान नसकेर अहिले कारोवार नभएको र नाकासम्म पु¥याउँदा जहिले पनि १६ हजारसम्म बिक्री गर्न सकिने शेर्पाले बताउनुभयो ।

Comment