काठमाडौैँ ११ जेठ । नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । संसद विघटन असंवैधानिक भएको भन्दै नेपाल विद्यार्थी संघले पुतलीसडकको शंकरदेव क्याम्पस अगाडि राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।
म खड्क प्रसाद ओली विद्यादेवी भण्डारीको मिलेमतोमा नेपालको संविधान मास्न प्रतिवद्ध छु । यो मेरो प्रतिज्ञा हो लेखेको प्लेकाडै बोक्दै ओली र भण्डारीको पुत्ता दहन गरेका हुन् । दोस्रो पटक भएको संसद विघटनको यति बेला चौतर्फी विरो भएको छ । आज बसेको पुर्वसभामुखहरुको बैठकले पनि संसद विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको छ । भने बजेट ल्याउनु भन्दा अगाडी संसद पुर्नस्थापना हुन पर्ने पुर्वसभामुखहरुको निष्कर्ष रहेको छ ।