मँहगीले जनताको ढाड सेकेको छ तर सरकार भने मौन — OSNepal

मँहगीले जनताको ढाड सेकेको छ तर सरकार भने मौन

LC (KTM) November 05, 2021 0

अनुसा थापा- सरकारले चलाउनुपर्ने राष्ट्र व्यापारी र कालोबजारीले चलाउदा जनता मर्नपर्ने स्थिति आएको छ ।तिहार लगभग सुरु भइसकेको छ । धनतेरसबाट प्रारम्भ भएको तिहार आज गोबर्धन पुजामा पुगिसकेको छ । भोलि भाइटीका हो । बजारमा सामान किनमेल गर्नेको चर्को भीड देख्न सकिन्छ । तिहारमा दाजुभाइलाई उपहार स्वरुप दिन भाइमसला, मिठाई र फलफुल किन्नेहरुको चाप बढ्दो छ ।

सप्तरंगी टीका बेच्ने पनि उत्तिकै छन् । किन्नेको पनि कमि छैन् । स्टल नै पिच्छे भाइमसला बेचन राखिएको छ । दाजुभाइलाई टीकालगाउन चाहिने एकाएक सामान बजारमा पाइन्छन् । पुरा सडक नै ढाक्ने गरि सामान बेच्न राखिएको छ । यता, ओहोरदोहोर गर्ने मानिसहरुलाई भने निकै कठिनाइको सामना गर्नुपरेको छ ।सामान त जतिपनि छन् तर मँहगीले पनि साथ छोडेको छैन् । बजारमा सामानको भाउ सोध्ने हो भने कतिपयको त सातो उड्ला । बिहान कमाएर बेलुका छाक टार्नेले त सामान छुन पनि नसक्ने गरि मँहगी बढेको छ । पसल नै पिच्छे सामानको मुल्य फरकफरक छ ।
अहिले हरेक सामानको मुल्य दोब्बर भएको छ । फुल र मालामा पनि त्यति नै चर्को मुल्यवृद्धि भएको छ । मँहगीले जनताको ढाड सेकेको छ तर सरकार भने मौन छ । बजार अनुगमनमा सम्बन्धित निकायको ध्यान गएको छैन् । बजार मँहगीसंग सामानको भाउ दाज्ने हो भने साधारण रुपमा एक जना दाजुभाइलाई टीका लगाँउदा पाँच हजार रुपिँया यत्तिकै खर्च हुन्छ ।

कसैले पनि पैसाको लागि टिका लगाउदैनन् । तर सामान खरिद गर्न त पैसा चाहिन्छ नै । चाडबाडको मौका छोपेर मिठाइ पसलेहरुले गुणस्तरहीन सामान बिक्री गरिरहेको छन् । खानयोग्य नभएको मिठाई बेचेका छन् मिठाइ पसलेले अनि पैसा पनि मनलाग्दी लिएको छन् ।

मिठाई बनाउने ठाँउ कसैले देखेको छ ? मिठाई बनाउने ठाँउ निकै नै फोहोर र सफासुग्घरहीन छन् । मिठाई बनाउन प्रयोग हुने भाँडाकुँडा पनि महिनौदेखि नमाझिएका जस्तो देखिन्छ । मिठाइ बेच्नचाहि राख्ने तर मिठाइचाहि छोपदैनन् । अहिले त झन् मिठाइपसलेलाई समेत तिहार लागेको छ ।

रोडमा ल्याएर मिठाइ बेच्न राखेको छन् । मिठाइहरु छोपेको पनि छैनन् । धुवाँधुलोले सबै मिठाइ नै ढाकेको छ । मिठाइ पसलेहरुले कम तौल सामान दिन्छन् पैसा भने आफ्नो हिसावले लिन्छन् । मिठाइ आकर्षक देखाउन विभिन्न केमिकल मिसाउने गरेको छन् ।मिठाइ बनाउनेदेखि बेच्ने मानिसहरु हामीले देखेका छौ । गञ्जी र गम्छा बेरेका हुन्छन् त्यही पनि फोहोरो । यस्तो मिठाइ किनेर खानु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु जस्तो हो । एकातिर पैसाको नाश त्योभन्दा नि ठुलो आफ्नो स्वास्थ्यको सत्यनाश ।

चाडबाड त व्यापारीहरुलाई लागेको छ । जस्तो मनलाग्यो त्यस्तै सामान बेचेका छन् । हामी जनताहरु पनि चाडबाडको नाममा गुणस्तरहीन सामान किनेर खाइरहेको छौ । मिठाइ पसलेहरुले अनुगमन गर्ने टोलीलाई किनेर जनताको स्वास्थ्यमाथि खेलबाड गरेको प्रष्टै बुझिन्छ ।उपभोक्ता मञ्चका नेताहरु जनता हाम्रो लागि देउता हुन् भन्दै ठुल्ठुला भाषण गर्छन् । जुनचाहि व्यापारीहरुले मञ्चका नेताहरुलाई पैसा दिएन् त्यो व्यवसायी कामा मात्रै छापा मार्छन् । जनता ठग्ने व्यापारीबाट पैसा पाइपछि यिनीहरुले त्यस्ता व्यापारीलाई खुल्ला छोडिदिन्छन् ।पैसा नपाउञ्जेल मात्रै हुन् अनुगमन गर्ने पैसा पाइसकेपछि अनुगमन टोली र उपभोक्ता मञ्चका नेताहरु आफै बिलाउछन् । अनुगमन टोली र उपभोक्ता मञ्चका नेताहरु बिक्दा पनि मँहगीले सीमा नाघिसकेको छ ।

गरिब जनता मँहगीको भार थेग्न नसकेर मर्नपर्ने स्थिति आएको छ ।पहिलेपहिले दिदीबहिनीहरुले दाजुभाइलाई टीका लगाउन चाहिने सामान सबै आफ्नै घरमा तयार पार्थे । सेलरोटीदेखि लिएर फुलका मालाहरु सबै आफ्नै घरमा बन्थ्यो । अरु केही नभएपनि कोसेलीस्वरुप डालाभर सेलरोटी बोकेर जान्थे । टीका लगाउने दिन दाजुभाइलाई खाना खुवाउन चामलसहित आफ्नै घरबाट लिएर जान्थे ।

आफ्नै घरदेखि तरकारी चामल लिएर माइती पुग्थे दिदीबहिनी । त्यतिखेर आफुले जे सकिन्छ त्यही खुवाउनपर्छ भन्ने मान्यता थियो । दिदीबहिनीहरुले पनि टीका लगाइदिए बापत दक्षिणाको आश गर्दैनथिए । पछिल्लो केही वर्षयता, दिदीबहिनीले टीका लगाउन सामान किन्दा उठेको पैसा पनि दक्षिणा पाइएन् भन्ने गुनासोहरु सुनिन्छ ।पराम्परागत चालचलनलाई निरन्तरता दिने चाड हो तिहार । तर, सामान बेच्ने र किन्नलाई मात्र तिहार मनाएजस्तो देखिन्छ । दिदीबहिनी सामान बेच्ने, दाजुभाइ सामान किन्ने ।

हाम्रो मौलिकता नै हराएर गइसकेको छ । पैसा दिन नसक्ने दाजुभाइले त टीका लगाउन छोडिदिए पनि हुने स्थितिको सिर्जना भइसकेको छ ।पहिलेको चालचलन र संस्कृति सबैले बिर्सिसकेको छन् । आजभन्दा केही वर्षअघिसम्म दिदीबहिनी दाजुभाइलाई टीका लगाउन दुईतिन दिनको बाटो हिडेर माइती जान्थे । आफ्नो कर्तब्य निर्वाह गर्थे । अहिले त दिदीबहिनीले आफ्नो घरमा दाजुभाइ बोलाउछन् ।चालचलन नै उल्टो भइसकेको छ । टिका लगाउन अहिले त दाजुभाइलाई दिदीबहिनीले आफ्नो घरमा बोलाउछन् । अहिले बजारमा हरेक थोक पाइन्छ ।

थरिथरिका सामानहरु बजारमा बेच्न राखिएको छ । दिदीबहिनीहरुले जेजे मनलाग्यो त्यहीत्यही उठाउने गरेको छन् ।अनि आफुले खर्च गरेको पैसाचाहि दाजुभाइसंग उठाउन खोज्छन् । आफुले खर्च गरेको पैसा उठेन भने अर्को सालदेखि टिका लगाउन जादैनन् । दाजुभाइहरु पनि टिका लगाउन नपरोस् भनेर विभिन्न बहाना बनाउछ । पैसाको लागि टीका लगाउने सोचले गर्दा बिकृति बढेको छ ।

यस्तै हो भने हाम्रो पराम्परा मासिन पनि बेर लाग्दैन् । यो कुरालाई गहन रुपमा नहेरिदिने हो भने तिहार नै संकटमा पर्न सक्छ । बजारमा जेजे पाइन्छ त्यो सबै किन्नपर्छ भन्ने छैन् । आफुले जति सकिन्छ त्यति नै किन्ने । दक्षिणा पनि जति पाइन्छ त्यसमै खुसी हुनुपर्छ ।केही वर्षअघिदेखि व्यापारीहरुले थोरथोर सामान हालेर मसलाका प्याकेट बनाउने र जनता ठग्ने काम गरिरहेको छन् । फलफुल, दुग्ध जन्य पदार्थ, माछामासु पसले हरुले पनि आफुखुसी भाउ रोखर जनता ठगेका छन् । व्यापारीहरु आफु कमाउने अनि दिदीभाइका सम्बन्ध बिगार्ने र चाड संकटमा पारिदिने काम गरिरहेको छन् ।
नेपाल सरकार र हामी जनताले व्यापारीको पोलेसी बुझनौ भने चाडबाड नै संकटमा पर्छ । मानौ चाडबाड नै विस्थापना हुनसक्ने स्थिति आँउछ । आफ्नो घाँटी हेरेर हाड निल्नु भन्ने उखान अहिलेपनि निकै प्रख्यात छ । टीका लगाउने नाममा कसैको सम्बन्ध नबिग्रियोस् ।

हाम्रो चालचलनलाई पैसामा बेच्ने र किन्ने काम कसैले नगरौ । ऋण खोजेर टिका लगाउन पर्छ भन्ने छैन् । जे सक्छौ त्यसमै खुसी हुन सिकौ । देखासिकीको पछि लागेर बढी खर्च नगरौ । आफ्नो संस्कृतिलाई विकृतिको रुपमा फैलाउने काम कसैबाट पनि नहोस् । यो समस्या निम्तिएको नै मँहगी र फितलो अनुगमनले गर्दा हो । सरकारले चलाउनपर्ने देश व्यापारीले चलाएको कारण देशका जनता मर्नुपर्ने स्थिति आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर