सेमिफाइनल नखेल्दै पाकिस्तानले रच्याे इतिहास — OSNepal

सेमिफाइनल नखेल्दै पाकिस्तानले रच्याे इतिहास

LC (KTM) November 07, 2021 0

काठमाडौं, २१ कात्तिक- आईसीसी टी–२० विश्वकप २०२१ को सेमिफाइनलमा पाकिस्तानले इतिहास रचेको छ। पाकिस्तानले सर्वाधिक पटक टी-२० विश्वकपको सेमिफाइनल पुग्ने इतिहास बनाएको हो।

पाकिस्तानले यस मामिलामा श्रीलंका, भारत, अष्ट्रेलिया र वेस्टइण्डिजलाई पछि पारेको छ। पाकिस्तान कीर्तिमानी पाँचौँ पटक टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ भने पाकिस्तानपछि अष्ट्रेलिया, श्रीलंका र वेस्टइण्डिज क्रमशः चार चार पटक सेमिफाइनल पुगेका छन्।

दक्षिण अफ्रिकासँगको अन्तिम लिग खेलमा हार व्यहोरे पनि इंग्ल्याण्डको टोली तेस्रो पटक टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। योसँगै न्युजिल्याण्डले तेस्रो पटक र भारतले चौथो पटक यस्तो गर्ने मौका पाएको छ।

सन् २००९ को टी-२० विश्वकपको विजेता टोली सात पटकमध्ये पाँच पटक सेमिफाइनल खेलेको छ भने पछिल्ला दुई प्रतियोगितामा टोलीको प्रदर्शन राम्रो थिएन। पाकिस्तान सन् २०१४ र २०१६ मा भएको आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा पुग्न सकेन।

सन् २००७ मा एमएस धोनीको कप्तानीमा भारतले टी-२० विश्वकप जित्दा पाकिस्तान उपविजेता बनेको थियो। र, योसँगै पाकिस्तानले सेमिफाइनल जित्यो भने सबैभन्दा धेरै पटक फाइनल पुग्ने टोली बन्नेछ।

पाकिस्तान, इङ्ल्यान्ड र अष्ट्रेलिया टी-२० विश्वकप २०२१ को सेमिफाइनलमा पुगेका छन्। भारत, न्युजिल्याण्ड र अफगानिस्तान मध्ये एक टिमले अब सेमिफाइनलमा स्थान बनाउने छन्।

सबैभन्दा धेरै पटक टी-२० विश्वकपको सेमिफाइनल पुग्ने टोलीहरूः

पाँच पटक–पाकिस्तान
चार पटक–अष्ट्रेलिया
चार पटक–श्रीलंका
चार पटक– वेस्ट इन्डिज
तीन पटक– इंग्ल्याण्ड
तीन पटक–भारत
दुई पटक–न्युजिल्याण्ड
दुई पटक–दक्षिण अफ्रिक

भारत र न्युजिल्याण्ड टोलीसँग सेमिफाइनल पुग्ने सम्भावना अझै बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर