बैंकका ऋणीहरुलाई खुशीको खबर — OSNepal

बैंकका ऋणीहरुलाई खुशीको खबर

LC (KTM) May 25, 2021 0

कोरोनाका महामारीका बेला बैंकका ऋणिहरुलाई खुशीको खबर आएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार एक निर्देशन दिए संगै उनीहरुलाई राहत मिलेको छ । अब ऋण तिर्ने भाका नाघेका वा समय आइपुगेका ऋणीलाई राहत हुने भएको हो ।

महामारीका कारण सम्पुर्ण क्षेत्र ठप्प भईरहेका बेला ऋणीहरु समस्यामा परिरहेका छन् । यहि कुरालाई मध्यनजर गर्दै समस्यामा परेका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकसँग कुनैपनि प्रकारको थप शुल्क, जरिवाना लिन नपाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै महामारीको समयमा कुनै पनि ऋणीलाई ऋण तिर्न दबाव नदिन तथा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरेको हो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा अवधिभर र निषेधाज्ञा सकिएको सात दिनसम्म कर्जा असुलीमा ग्राहकलाई कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्न नलिन स्पष्टसँग निर्देशन दिएको छ। ऋणीलाई कुनैपनि कर्जामा जरिवाना लगाउन नपाउने, लिलामीको सूचना निकाल्न नपाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर