नेपाल भारतको व्यापार गर्ने थलो बन्दा नेपाली जनता मारमा परे — OSNepal

नेपाल भारतको व्यापार गर्ने थलो बन्दा नेपाली जनता मारमा परे

LC (KTM) November 12, 2021 0

अनुसा थापा -चाडबाड सिद्धिन नपाउदै बजार भाउ आकाशिएको छ । हाल हरेक सामानको मुल्य तीन गुणाले बढेको छ । उपभोक्ताहरुलाई समेत आफ्नो चुल्होमा चाहिने सामान आकाशिएको आभास भइसकेको छ । बजारमा व्यापारीहरुले मनलाग्दी सामानको मुल्य तोकेर जनतालाई ठग्दाखेरि यसको अनुगमन सरकारले गरेको छैन् ।कालिबाटी तरकारी तथा फलफुल बजारमा पनि हरियो सब्जी र फलफुल छोइनसक्नु भएको छ । तिनकुने र धुम्बाराहीका व्यापारीले पनि तरकारीको मुल्य ह्वात्तै बढाएका छन् । किसानसंग बिचौलियाले सस्तोमा तरकारी उठाउछन् । यता, होलसेल पसलेले भने आफुले पाएको दुई गुणा नाफा जोडेर खुद्रालाई बेच्छन् ।

तरकारीका होलसेल व्यापारीहरु मुलुकमा फलेको तरकारी पानीले बिगारेको र बाहिरबाट आयात गर्न परेकाले मँहगो भएको बताउछन् । तर, यो व्यापारीहरुको बहाना मात्रै हो । जनता ठग्न र राज्यको आखामा धुलो झोक्न यिनीहरुले यस्तो नचाहिदो बहाना बनाएका हुन् ।फेरि हरियाृ सब्जीबिना जीवनयापन गर्न सकिदैन् । साधारणदेखि लिएर धनी वर्गलाई पनि हरियो तरकारीको आवश्यकता पर्छ । बरु खाना नखाए हुन्छ तर हरियो तरकारी त स्वास्थ्यको लागि पनि खानैपर्छ । हरियो तरकारीसंगै दाल, गेडागुडीको मुल्य पनि बढाइएको छ ।

हरेक खाधान्नको मुल्य आकासिएको छ । कृषि मन्त्रीले नेपालमा तरकारीको उब्जनी के कारणले कम भयो ? यसको अध्ययन गरेका छैनन् । सिधासाधी जनताको मुल्याड.कनः खेतीयोग्य जमिनमा सबै घर बनिसके । घर बनाउने, भाँडामा लाएर बसेर खाने प्रवृत्तिले यो समस्या आएको हो ।सबैलाई शोकमा बसेर खाने बानी लागिसकेको छ भाँडामा लायो पैसा आइहाल्छ अनि किन खेतीपाती गर्ने भन्ने सोच छ । तर, तरकारी त सबैलाई चाहिन्छ । उपत्यकामा भएका अधिकांश घर एकदेखि चार आनामा बनेका छन् । त्यसमा पनि यस्ता नाटकी छन् कि कौशीखेती गर्ने र मिडियाबाजी गर्ने काम गरेका छन् ।

सरकारले पनि वास्तविक किसान र नाटकी किसान पहिचान गर्न सकेको छैन् । वास्तविक किसानलाई आफ्नो पेट पाल्न धौ धौ परेको बेला नाटकी किसानलाई २५ हजार अनुदान दिइरहेको छ । वास्तविक किसानको नाममा आएको अनुदान पनि टाठाबाठा पोस्ने काम मात्र भइरहेको छ ।यता, भुमि सुधार मन्त्रालय भने वर्षौदेखि मस्त निद्रामा छ । उठेको भए त खेतीयोग्य जमिन बचाउन कुनै निति त ल्याउनपर्ने हो । वडाध्यक्ष र मेयर आफै जग्गा दलाली हुन् । तिनीहरुबाट आशा गर्न सकिदैन् । पछिल्लो समय देशमा भएको परिवर्तन र विकासको कुरा गरेरै साध्य छैन् ।

पैसा हुने घर बनाउने, अरु गएर भाँडामा बसिदिने भएको विकास नै यही हो । देशले वर्षौ लगाएर गरेको परिवर्तन यतिमै सिमित छ । खेतीयोग्य जमिन किनेर घर बनाउनेबित्तिकै रात चार गुणा र दिन दुई गुणाले बढेको छ । घर बनाउने भाँडामा लाउने व्यापार नै प्रारम्भ भइसकेको छ ।योबाट राज्यले पनि राजस्व पाएको छैन् भने खेती गर्ने किसानहरु मरमा परेका छन् । उनीहरुले आफ्नो पेशा नै छोड्दिनपर्ने स्थितिको सिर्जना भएको छ । खेतीयोग्य जमिनमा सरकारले घर बनाउन नदिएको भए अहिले देशमा यत्रो मँहगी बढ्दैनथ्यो ।कसैले पनि यत्रो पैसा तिरेर सामान किन्ने अवस्था बन्दैनथ्यो । आफ्नै गाँउठाँउमा उब्जनी हुन्थ्यो । देशका किसानहरु भोकभोकै मर्नपर्ने अवस्था आउदैनथ्यो ।

उब्जनी हुने जग्गा सरकारले सखाप बनाइदियो । यसको मार जनताले मात्र नभई सरकारले पनि भोग्नपर्ने हुन्छ ।सरकारले बेलामा बुद्धि नपुप्याउदा कि त देशका जनता भोकभोकै मर्नपर्ने हुन्छ । कि त बाहिरको सामान मँहगोमा किन्न सक्नपर्छ । खाधान्नदेखि हरियो सब्जीसम्म आयात गर्नुपरेको छ । अरु देशको उत्पादनले हाम्रो राष्ट्रमा बजार पाएको छ । नेपाल अरु देशलाई माथि लैजाने थलो बनेको छ ।

केही कारणले नेपाल सरकार र छिमेकी देशको राजनितिक सम्बन्ध बिग्रियो भने नेपाली जनता खान नपाएर मर्ने निश्चित छ । नेपाल केही कुरामा पनि आत्मनिर्भर छैन  । भारतले आजभन्दा केही वर्ष अगाडि गरेको नाकाबन्दी त नेपाल सरकारलाई पनि स्मरण नै होला ।स्पष्ट रुपमा भन्ने हो भने नेपालमा सिटामोलसमेत बन्दैन् । सबै अर्को देशमा परनिर्भर भएर बस्नुपरेको छ । त्यसलाई मध्यनजर गर्दै खेतीयोग्य जमिन सबै बाटो र घर बनाएर सिद्धयाइसके । कृषियोग्य देश नाममा मात्र बाँकी भएको छ । किसानहरु बेरोजगार बनेका छन् ।

भएका जग्गा मासिसके अनि कहाँ गएर खेती गर्ने ? भारतमा बनेको औषधी, खाधान्न, हरियो तरकारी, गाडी, पेट्रोल, चप्पल, लुगा हामी नेपालीले प्रयोग गर्छौ । भारतले नेपाललाई आफ्नो बजार बनायो । भारतको पोलेसी नेपाल सरकार र नेपाली जनताले नबुझ्ने हो भने नेपालीलाई भारतले भारतीय नागरिकमा परिणत गर्छन् ।भारतले नेपाललाई आफ्नो इसारामा नचाइरहेको देख्न बेर लाग्दैन् । नेपालको भुमिमा जन्मेर, नेपाली नागरिक भएर हामीले भारतीय सरकार धनी बनाइदिएको छौ । भारतलाई धनी बनाउनमा नेपाली जनताको ठुलो योगदान छ । बिहान बेलुका हाम्रो भान्सामा भारतमै फलेको तरकारी पाक्छ ।

सामान्य ज्वरो आँउदा पनि भारतमै बनेको सिटोमोल खानपर्ने बाध्यता छ । पेट्रोल त भारतबाट आउथ्यो तर पेट्रोल हाल्ने गाडी पनि भारतले नै नेपालीलाई बेच्छ । भारतको व्यापार नेपालमा गर्ने, अनि नेपाली पैसा पनि भारतमै पठाउने । खेतीयोग्य जमिन सिद्धिदा नेपाली बेरोजगार भएका छन् ।पैसा तिरेर विषादी हालेको तरकारी किनेर खान परेको छ । त्यसबाट बिरामी हुने पनि नेपाली नै । घरधनीले घर त बनाए अब खानेचाहि के ? इँटा निल्न मिलेन सिमेन्ट चाट्ने कुरा भएन्, डण्डी टोक्न मिल्दैन् ।

खाने के, उब्जनी गर्ने जग्गा छैन् । भारतको सिस्टमः एउटा कोठामा पच्चीस वर्ष बस्यो ने त्यसमा कोठावाला कै हकअधिकार लाग्छ ।नेपाल सरकारले पनि यो निगम लागु गर्नुपर्छ । कोठा बस्ने मान्छेलाई निकाल्न नपाइने र पच्चीस वर्ष बसेकालाई हकअधिकार दिने हो भने नेपालीले जग्गा किनेर घर बनाउनै छाड्छन् । यसले राज्य, कोठाबहाल र किसानहरुलाई निकै फाइदा हुन्छ ।अरुलाई हिस्सा दिनपर्ने भइसकेपछि कसैले घर नै बनाउदैन् । अहिले जति पनि पुँजीपतिवालले घर बनाएर व्यापार गर्ने भाँडो बनाएका छन् तिनीहरुलाई चेत आँउछ । खेतीयोग्य जमिन बचाउनको लागि सरकारले अब पनि कदम चाल्न सकेन भने अहिले दुई हजार पर्ने चामललाई केही वर्षपछि दश हजार पर्छ ।
यस्तो भयो भने यसको दोषी सरकार र घरधनी हुन्छन् । जनसंख्या बढेको बढ्यै छ, जमिन जतिको त्यति नै छ । केही वर्षपछि मान्छेलाई एक छाक खान पनि धौधौ पर्छ । बरु गाडी, लुगा जस्तो लगाएपनि हुन्छ, पैदल हिड्दा केही जादैन् । तर, भोकभोकै बस्दा प्राण जान्छ ।

नेपालका राजनितिक दलहरु भारतको झोले बन्दा नेपाली जनताको यो हाल भएको हो । एकातिर मँहगीले बाँच्न गाह्रो परिरहेको छ , अर्कोतिर बढ्दो बेरोजगारी । यी दलालीहरुले नै नेपाललाई भारतको बजार बनाइदिएका हुन् । भारतको पछि लाग्दा आज देश नै सिद्धिसकेको छ ।

रातारात ग्याँस र इन्धनको मुल्य बढाइएको छ । आयल निगमले दिएको कमिशनका कारण राजनितिक दलहरु एकशब्द पनि बोलेका छैनन् । जनता पनि पार्टीको कार्यकर्ता हुदाँ र नेताले व्यापारीसंग कमिशन खाँदा मँहगी बढ्यो । यसको मार नेपाली जनतालाई परेको छ ।नेपालको जनसंख्यामध्ये तीस प्रतिशत मानिसले कुनै पनि पार्टीको सदस्य नलिएका होलान् । अरु सबै राजनितकि पार्टीका कार्यकर्ता हुन् । नेपालको यस्तो हालत हुनमा यिनीहरुको पनि हात छ । नेपालमा पार्टी खोल्नु भनेकै व्यापार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर