संसारमै दुर्लभ ४ फुट लामो रेनबो सर्प ५० वर्षपछि फेला, हेर्ने मानिसको भिड — OSNepal

संसारमै दुर्लभ ४ फुट लामो रेनबो सर्प ५० वर्षपछि फेला, हेर्ने मानिसको भिड

LC (KTM) May 26, 2021 0

संसारमै दुर्लभ रेनबो सर्प भेटिएको छ । लगभग ५० वर्षपछि अमेरिकाको फ्लोरिडामा रेनबो सर्प भेटिएको हो । ट्रेसी क्याथेन नामका एक पदयात्रीले ४ फुट लामो उक्त सर्पको तस्बिर खिचेका थिए ।

ओकला नेशनल फरेस्टको फेसबुकमा शेयर गरिएको उक्त तस्बिरमा रातो र पहेँलो रङको सर्प रेनबो सर्प भएको फ्लोरिडास्थित नेचुरल हिस्ट्री संग्रालयले पुष्टि गरेको छ । यो सर्प सन् १९६९ मा पहिलो पटक भेटिएको थियो ।

उक्त संग्रालयका अनुसार यो सर्पमा विष हुँदैन । यो सर्प लोप भइसकेको थियो । उक्त सर्पको रक्षाको लागि बायोलोजिकल डाइभर्सिटी सेन्टरले २०१० मा निवेदन दिएको थियो ।
नेचुरल हिस्ट्री संस्थानका अनुसार सरकारले सर्वेक्षण नै नगरी उक्त सर्प लोप भइसकेको घोषणा गरेको थियो । सरकारले उक्त सर्प भएको प्रमाण दिनेलाई ५०० डलरको पुरस्कार दिने घोषणा समेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर