चलचित्र ‘बाबरी’मा नायिका अदितीको अभिनय, छायांकनका लागि सिक्किम पुग्यो टिम — OSNepal

चलचित्र ‘बाबरी’मा नायिका अदितीको अभिनय, छायांकनका लागि सिक्किम पुग्यो टिम

LC (KTM) November 13, 2021 0

काठमाडौं । चलचित्र ‘बाबरी’को टिम छायांकनका लागि सिक्किम पुगेको छ । यो चलचित्रको निर्देशन सुरेन्द्र पौडेलले गरिरहेका छन् । सिक्किममा चलचित्र छायांकन भइरहेको जानकारी यो चलचित्रकी नायिका अदिती बुढाथोकीले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै दिएकी हुन् ।

चलचित्रको ६० प्रतिशत दृश्यको छायांकन सिक्किममै हुने जनाइएको छ। सौर्य दैनिकमा खबर छ । चलचित्रमा धिरज मगर, अदिती बुढाथोकी, धिरज टोटलानी, तृप्ती नाडकर लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्र त्रिकोणात्मक प्रेम कथामा निर्माण भइरहेको बताइएको छ । चलचित्र अदितीको होम प्रोडक्सनमै निर्माण भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर