OSNepal बिहिबार, मंसिर १६ २०७८

सामाजिक न्यायका पक्षमा क्रियाशील हुन पार्टी पंक्तिलाई अध्यक्ष नेपालको निर्देशन

सामाजिक न्यायका पक्षमा क्रियाशील हुन पार्टी पंक्तिलाई अध्यक्ष नेपालको निर्देशन

  • OSNepal
  • शनिबार, कार्तिक २७ २०७८


सामाजिक न्यायका पक्षमा क्रियाशील हुन पार्टी पंक्तिलाई अध्यक्ष नेपालको निर्देशन
Reading Time: < 1 minute

काठमाडौँ, २७ कात्तिक-नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आदर्शलाई अवलम्बन गर्ने सबैले निरङ्कुशताका विरुद्ध डटेर समतामूलक समाज निर्माणमा लाग्नुपर्ने बताउनुभएको छ ।समाजवादी प्रेस सङ्गठन नेपालको पदाधिकारी तथा केन्द्रीय सदस्य घोषणासभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले सामाजिक न्याय तथा समानताको पक्षमा क्रियाशील हुन सबै पार्टी पङ्क्तिलाई निर्देशन दिनुभयो । अध्यक्ष नेपालले अहिले कम्युनिट आन्दोलनलाई कमजोर बनाउन कम्युनिष्ट नामका दलहरु सक्रिय रहेकाले शुद्ध आचरणका साथ जनताका समस्यालाई केन्द्रमा राखेर यथार्थपरक सूचना प्रवाह गर्न सुझाव दिनुभयो ।

पत्रकारले समाजमा भएका राम्रो कामको उत्खनन गर्ने र गलत कामको भण्डाफोर गर्नुपर्ने बताउँदै उहाँले राष्ट्रिय एकताको पक्षमा कलम चलाउँदै अनुचित काम गर्नेलाई पनि नछाड्न उल्लेख गर्नुभयो । “समाजवादी आदर्शबाट अगाडि बढ्नुस्, गलत कामलाई गलत भन्नुस्, पत्रकारिताको राम्रो आचरण विकास गर्नुहोस्”, उहाँले भन्नुभयो ।

अध्यक्ष नेपालले देशमा विभिन्न किसिमका भ्रष्टाचार, शोषण उत्पीडन र विकृति विसङ्गति मौलाइरहेको उल्लेख गर्दै पत्रकारले पनि त्यसखालका विकृति विसङ्गतिविरुद्ध कलम चलाउनुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय देशभर समाजवादी पार्टीमा आकर्षण बढेको र प्रवेश गर्नेहरुको लहर चलिरहेको आफ्नो पार्टीले दक्षिणपन्थी र प्रतिगमनविरुद्धको लडाइँ लडिरहेको पनि उहाँले बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले समाजमा हुने कुनै पनि घटनाक्रम तथा विषयवस्तुलाई जनतासमक्ष पु¥याउन सङ्गठित प्रेसको खाँचो रहेको उल्लेख गर्दै मुलुकको राजनीति, शान्ति प्रक्रिया, वैदेशिक सम्बन्धका समाचार सम्प्रेषण गर्दा संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । (रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड