माओवादी नगर अध्यक्ष र शिक्षक संगठन वरिष्ठ उपाध्यक्षद्वारा राजीनामा — OSNepal

माओवादी नगर अध्यक्ष र शिक्षक संगठन वरिष्ठ उपाध्यक्षद्वारा राजीनामा

LC (KTM) November 13, 2021 0

बैतडी, २७ कात्तिक – बैतडीको पाटन नगरपालिकाका नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष तर्क ठगुन्नाले पदबाट राजीनामा दिएका छन् । माओवादी पार्टी नीति, विधि र प्रणालीअनुसार चल्न नसकेको भन्दै आफूले पार्टीमा समाल्दै आएको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

पार्टी नेतृत्वबाट उचित मुल्यांकन नभएको उनको विज्ञप्तिमा उल्लेख छ । ठगुन्नाको विज्ञप्तिलाई यतिबेला नेकपा एमालेका नेताहरुले सामाजिक सञ्जालमा पोष्ट गर्दै ठगुन्ना एमालेमा आउने बताइरहेका छन् ।

यसैगरी माओवादी केन्द्रको जनवर्गीय संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनका वरिष्ठ जिल्ला उपाध्यक्ष देवसिंह ठगुन्नाले पनि पदबाट राजीनामा दिएका छन् । उनले पनि फेसबुकमार्फत एक विज्ञप्ति जारी गर्दै पदबाट राजीनामा दिएको जनाएका छन् ।

उनीहरुले फेसबुकबाट विज्ञप्ति जारी गरे पनि पार्टी जिल्ला कमिटीमा भने राजीनामा नदिएको माओवादी केन्द्र बैतडीले जनाएको छ । उनीहरुको राजीनामा पत्र पार्टीलाई नआएको आमोवादी केन्द्रका जिल्ला संयोजकसमेत रहेका प्रदेश सभा सांसद प्रेमप्रकाश भट्टले बताए ।

उनले भने, ‘नगर कमिटी अध्यक्ष ठगुन्नासँग कुरा भएको थियो । उहाँले अब अर्को विज्ञप्ति निकाल्छु भन्नुभएको छ । देवसिंहजीले एकीकृत अखिल नेपाल शिक्षक संगठनको जिल्ला अध्यक्ष नबनाएको भन्दै असन्तुष्टिका कारण राजीनामा लेखेको बुभिएको छ । त्यसै कारणले विज्ञप्ति निकालेको हुनसक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर