द्वन्द्वपीडित र असहाय बालबालिकालाई सहयोग — OSNepal

द्वन्द्वपीडित र असहाय बालबालिकालाई सहयोग

LC (KTM) November 13, 2021 0

लमजुङ, २७ कात्तिक – कामना सेवा विकास बैंक बेसिशहर शाखाले आदर्श महिला तथा बालविकास केन्द्रमा रहेका बालबालिकालाई न्यानो कपडा र स्टेसनरी सहयोग गरेको छ । बेसिशहर नगरपालिका-८ मा रहेको बैंकले १५औं वार्षिकोत्सवको अवसरमा न्यानो कपडा र स्टेसनरी सहयोग गरेको हो ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बालगृहका बालबालिकालाई ज्याकेट, सुइटर तथा स्टेशनरी सामाग्री वितरण गरेको कामना सेवा विकास बैंक बेसिशहर शाखाका प्रमुख कृष्णबहादुर चापागाईंले बताए । बालगृहमा हाल १० जना द्वन्द्वपीडित तथा असहाय बालबालिका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर