समूह बनाउने बहानामा लाखौं ठगी, सञ्चालक फरार — OSNepal

समूह बनाउने बहानामा लाखौं ठगी, सञ्चालक फरार

LC (KTM) November 13, 2021 0

दाङ, २७ कात्तिक – समूह बनाउने बहानामा दाङमा सर्वसाधारणबाट लाखौं रकम ठगी भएको छ । कैलाली घर बताउने फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेनिङ नामक कम्पनीका संयोजक मानबहादुर देउवाले तुलसीपुरका किसान र सर्वसाधारणबाट लाखौं रकम ठगेर सम्पर्क विहीन बनेपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका छन् ।

तुलसीपुर उपमहानगरपालिका-६ डुम्रीगाउँमा रहेको कम्पनीको प्रबन्धकमा मानबहादुर देउवा र संयोजकमा सुरेश घलेले मिलेर सर्वसाधारणलाई ठगी गरेको पीडितले बताएका छन् ।

कम्पनीबाट सामाजिक परिचालकहरू परिचालन गरी एक हजार तीन सय कृषकबाट प्रति कृषक पाँच सयका दरले संकलन गरेको ६ लाख ६५ हजार, कर्मचारीको बिमा बापतको नौ लाख पाँच हजार र कर्मचारीको तलब ५३ लाख ७७ हजार आठ सय गरी ६९ लाख ४७ हजार आठ सय रकम ठगेर भागेको दंगीशरण गाउँपालिकाका सामाजिक परिचालक प्रदीप वलीले बताए ।

स्थानीय प्रशासनमा असोज ४ गते पीडितले दिएको जाहेरीमा झन्डै ७० लाख रकम हिनामिना गरी कम्पनीका प्रबन्धकमा मानबहादुर देउवा र संयोजकमा सुरेश घले २०७७ माघ महिनादेखि सम्पर्कविहीन रहेको उल्लेख छ । उनीहरूले दाङ सहित दार्चुला, कञ्चनपुर, कैलाली, डोटी, डडेलधुरा, बर्दिया, काभ्रे र नुवाकोट जिल्लामा समेत गरी ९ जिल्लामा पुगेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर