OSNepal शनिबार, मंसिर १८ २०७८

सरकार, संसद् र न्यायपालिकाले काम गर्न नसकेको सुवासचन्द्र नेम्वाङको आरोप

सरकार, संसद् र न्यायपालिकाले काम गर्न नसकेको सुवासचन्द्र नेम्वाङको आरोप

  • OSNepal
  • शनिबार, कार्तिक २७ २०७८


सरकार, संसद् र न्यायपालिकाले काम गर्न नसकेको सुवासचन्द्र नेम्वाङको आरोप
Reading Time: < 1 minute

झापा, २७ कात्तिक : नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार, संसद् र न्यायपालिकाले काम गर्न नसकेको आरोप लगाउनुभएको छ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज विर्तामोडमा २५औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले असफलताको सबै दोष वर्तमान गठबन्धन सरकारले लिनुपर्ने बताउनुभयो ।

सरकारले अन्य अङ्गलाई काम गर्ने वातावरण उपलब्ध नगराएको नेम्वाङले बताउनुभयो । सबै कुराको दोष संविधानलाई दिन नहुने उहाँको धारणा थियो । उहाँले राजनीतिलाई संवैधानिक मार्गमा हिँडाउने काम राजनीतिक दलको भएको स्पष्ट पार्नुभयो ।

सो अवसरमा नेता नेम्वाङले संविधानसभा सदस्य केशव बडाललाई राष्ट्रिय व्यक्तित्व सम्मान पुरस्कार प्रदान गर्नुभयो । सहकारी अभियानमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई सो सहकारीले रु एक लाख एक हजार राशिको पुरस्कार प्रदान गर्दैआएको छ । (रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड