OSNepal शनिबार, मंसिर ११ २०७८

राष्ट्रिय जनगणनाः सभामुख सापकोटाको व्यक्तिगत तथा पारिवारिक विवरण सङ्कलन

राष्ट्रिय जनगणनाः सभामुख सापकोटाको व्यक्तिगत तथा पारिवारिक विवरण सङ्कलन

  • OSNepal
  • शनिबार, कार्तिक २७ २०७८


राष्ट्रिय जनगणनाः सभामुख सापकोटाको व्यक्तिगत तथा पारिवारिक विवरण सङ्कलन
Reading Time: < 1 minute

काठमाडौँ, २७ कात्तिक – राष्ट्रिय जनगणनाका लागि सभामुख अग्निप्रसाद सापकोटाको व्यक्तिगत तथा पारिवारिक विवरण सङ्कलन गरिएको छ ।

जनगणना सञ्चालन संयोजन समितिका राष्ट्रिय संयोजक डा रामकुमार फुँयालको नेतृत्वमा केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठसहितको टोलीले आज सभामुख निवास लैनचौर पुगेर उहाँको विवरण सङ्कलन गरेको हो ।

सो अवसरमा सभामुख सापकोटाले जनगणनामा सहभागी भइ साँचो विवरण उपलब्ध गराउन सबैमा आह्वान गर्नुभएको थियो । विभागका महानिर्देशकसहितको टोलीले यसअघि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको विवरण सङ्कलन गरेको थियो ।

‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ १२औँ जनगणना यही कात्तिक २५ देखि आगामी मङ्सिर ९ गतेसम्म हुँदैछ । (रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड